सल्यानमा इजरायली प्रविधिबाट तरकारी खेती शुरु

Read Time:2 Minute, 49 Second
मायाँ घले मगर 
 
सल्यानमा पहिलो पटक इजरायली प्रविधिबाट टमाटार खेती शुरु गरिएको छ । सल्यान कोर्वांगझिम्पेको दारिमज्यूलामा हाडटेक प्रविधिबाट झन्डै ६० लाखको लागतमा गोलभेडा खेती शुरु गरिएको हो । दारिमज्युलामा सहकारी संस्थाको अगुवाइमा कोर्वांगझिम्पे गाविसको वडा नम्बर–२ दारिमज्यूलामा १५ रोपनी क्षेत्रफलमा ३८ वटा फलामे टनेल बनाएर खेती गरिएको सहकारी संस्थाका अध्यक्ष केश बहादुर विष्टले बताए ।
 
‘हामीले सम्भवत यस क्षेत्रमै पहिलोपटक यो प्रविधिबाट गोलभेडा खेती शुरु गरेका छौँ’ उनले भने, ‘ एकपटक लगानी गरिसकेपछि पटक–पटक ठूलो लगानी गर्नु नपर्ने र गोलमेल पनि धेरै गर्नु नपर्ने भएपछि यसतर्फ हामीले हात हालेका हौँ ।’ एकैपटक ठूलो लगानीबाट तरकारी खेती सुरु गरिएको पहिलो घटना भएको बताउदै उनले हाइटेक प्रविधि सल्यानीहरु सबैका लागि नयाँ प्रविधि भएको बताए ।
 
फलामको टनेलभित्र खेती गरिने सो प्रविधि अन्र्तरगत भुईमा प्लाष्टिक मल्च राखिने हुँदा गोडमेलको झन्झट नहुने, किराबाट जोगाउन जालीको व्यवस्था गरिएको र छानाबाट तापक्रम वस्थापन गर्न हरियो मेट राखिएका कारण यो लोकप्रिय भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेलले बताए ।
 
थोपा सिचाई प्रविधिबाट सिचाईको व्यवस्था गरिएको र ८ मिनेटमा १२ हजार विरुवालाई एकैपटक सिचाई हुने समेत उनले बताए । कुल ६० लाखको लगानी रहेकोमा एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको ४८ लाख र बाँकी स्थानिय किसानहरुको लगानी छ । कृषकहरुले ३८ वटा फलामे टनेलभित्र १२ हजार बढि टमाटरका विरुवा रोपेका छन् ।
 
जिल्लामा झण्डै २७ सय प्लाष्टिक टनेलहरु बाँसका भएकाले बढिमा ३ देखि ५ वर्ष टिक्छन्, तर यो फलामको भएकाले ५० वर्ष टिक्छ उनले भने । कृषकहरुले लगाएको सो १२ हजार गोलभेडाको बिरुवाबाट वार्षिक झण्डै ५० लाख बराबरको गोलभेडा उत्पादन हुने लुईटेलले बताए ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %