मगर संघ कतारका उपाध्यक्षले मुटुका रोगी पुलामी मगरलाई गरे आर्थिक सहयोग !

Read Time:5 Minute, 12 Second

बिजय कुमार मगर

कतार, अगष्ट १८ – स्थाई घर लेटाङभोगटेनी न.पा-५ बस्ने मोरङ्गका बाबू श्याम तथा आमा हेम कुमारी पुलामी मगरकी डेढ वर्षकी नावालिका छोरी साहाना पुलामी मगरको मुटु रोगले ग्रसित (मुटुको भल्भमा प्वाल) भएकोले लेटाङभोगटेनी न.पा. कार्यलयका अधिकृत युवराज आचार्यले दिएको सिफारिस प.सं- ७१र७२ च.न २६९२ पत्र अनुसार आर्थिक सह्योग अपिलका सहजीकरण लागि यो अभियान अघि बढाएको हुन् ।

उनका बाबु नेपाल मगर संघ, शाखाका आजिबन सदस्य तथा वक्रा एरिया समितिका कोषाध्याक्ष समेत रहनु भएका श्याम पुलामी मगर विगत लामो समय देखि विभिन्न समाजिक सेवारत उनले विशुद्ध जातीय संगठनमा आवद्ध छन् ।

नेपाल मगर संघ, कतार शाखा दोहा एरिया समितिका उपाध्यक्ष बुद्धिमान मगरले क.रि. ५२५/- मुटु रोगी साहानाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै झण्डै नेरू २० हजार उनका बाबु श्याम पुलामी मगरलाई गएको १२ अगष्ट सुक्रबारका दिन ग्रैण्डमल स्थित क्रिकेट खेलकुद मैदान स्थित ने.म.सं.केन्द्रीय समिति कतार शाखाका अध्यक्ष महेन्द्र थापा मगर, महासचिव बिजय कुमार मगर, पूर्व मगर बाङ राजा राम पुन मगर लगायत संघमा सनैयाको बी एरिया समितिका धन बहादुर सारू मगर लगाय संघमा आवद्ध पद्धेन पदाधिकारीहरूको बाक्लो उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको हो ।

मटु रोगीका बाबु श्याम पुलामी मगरले आफ्नो छोरी साहनालाई स्वास्थ्य लाभको कामना सहित नयाँ जीवनदानका लागि सह्योग गर्नुहुने उपाध्यक्ष बुद्धिमान मगर प्रति सदैव ऋणि रहेको बताउँदै सह्योगी मन र हात प्रति विशेष धन्यवाद ज्ञापन गरेको छ । भने यसै राज्यसत्ता डटकम मिडिया मार्फत आफ्नो नावालिका छोरी साहना पुलामी मगरलाई आ-आफ्नो गक्ष अनुसारको सह्योग गरि बचाई दिनु हुन समस्त समाजसेवी, बुद्धिजीवी आदरणीय महानुभावहरू संग विनम्र अनुरोध गर्दै हार्दिक अपिल समेत गर्नु भएका छन् ।

सोही दिन नेपाल मगर संघ, शाखाको मातहतमा रहेको सनैया “बि” एरिया समितिका सदस्य लुर बहादुर बलम्पाकी मगरले संघमा आवद्ध भै सदस्यता पत्र ग्रहण गरेको दिन देखि नै मगर एकता अहिलेको आवश्यकता भन्ने महत्वकाँक्षा संगै विभिन्न कार्यमा लगनशीलताका साथ आर्थिक, भौतिक, नैतिक, वैचारिक साथ, सह्योग तथा योगदानको उच्च मुल्यांकन गर्दै सनैया “बि” एरियाले केन्द्रीय समितिका अध्यक्ष महेन्द्र थापा मगरको सह्योगमा स-सम्मान कदर पत्र प्रदान गरेको छ ।

(मगर संघले लुर बलम्पाकि मगरलाई गरे विदाई) सनैयाको “बी” एरिया समितिका अध्यक्ष धन बहादुर सारु मगरको सभापतित्वमा समापन भएको विदाई कार्यक्रमलाई सचिव फरियोज मगरले संचालन सम्पन्न गरेको थियो ।

विभिन्न एरिया समितिको प्रतिनिधित्व गर्दै सहभागीता जनाएको विदाई समारोहमा संघमा आवद्ध पद्धेन पदाधिकारी सदस्यहरूले क्रमशः नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका अध्यक्ष अध्यक्ष महेन्द्र थापा मगर, महासचिव बिजय कुमार मगर, सचिव रबिन मगर, सदस्य भक्त राना मगर, पुर्व सचिव तथा वाङ राम पुन मगर, बुद्धिमान मगर, रेशम आले मगर, नरेन्द्र ल्हायो मगर, श्याम पुलामी मगर, मन रोकिम मगर, टोप सारु मगर र राज्यसत्ता डटकमका पत्रकार कृष्ण सारु मगरले पवित्र खादा ओढाएर लुर बलम्पाकि मगरलाई विदाई गरेका हुन् ।  

जहाँ मगर त्यहाँ मगर संघ भन्ने मुल अभियानलाई आत्मासाथ गर्दै आफुले संघमा लागेको हुँदा त्यहाँ प्राप्त गरेको ज्ञान समाजमा बाँड्ने वचन बद्धता समेत गरेका उनले भने, संघले गरेको सम्मान कहिल्यै न बिर्सने जनाएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %