माया घले मगर
मनोरञ्जन, परोपकार र लगानी क्षत्रको पहिचान” नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान” भन्ने मूल नारा लिएर स्थापित भएको नमस्ते नेपाल संस्थाले मृगौला पिडितलाई ३१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
झापा जिल्ला गौरादह ४ स्थायी घर भई कुनै एक कम्पनीमा ड्राइभरको काम गर्दै आएका र बिगत केहि महिना अगाडी देखी दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारको लागी सहयोग माग्दै तड्पिरहेका बर्ष ३२ का नेत्र बहादुर श्रेष्ठलाई संस्थाले उनको व्यथाको मध्यनजर गर्दै आफ्नै ५८ बर्षीय आमाले यौटा मृगौला प्रत्यारोपण गर्ने क्रममा उक्त्त रकम सहयोग हस्तान्तरण गरेको हो ।
बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा गएका यसै नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल शाखा समितिका अध्यक्ष गणेश गिरीको पहलमा सङ्कलन गरिएको सोही ३१ हजार रकम पिडित श्रेष्ठलाई सहयोग प्रदान गरेको नमस्ते नेपाल संस्थाकै केन्द्रीय सचिव रामजी भट्टराई र संस्थाकै नेपाल शाखाका संयोजक गणेश जि.सी ले जानकारी दिएका छन् ।
उनी पिडित श्रेष्ठकै निवास बाँसबारीमा गई उक्त्त रकम हस्तान्तरण गर्ने क्रममा संस्थाकै केन्द्रीय महासचिव दिपक बजगाईं, केन्द्रीय सचिव रामजी भट्टराई, संस्थाकै केन्द्रीय सदस्य एवं नेपाल शाखा समितिका संयोजक गणेश जि.सी, त्यस्तै नेपाल शाखा उपसंयोजक ज्ञानु श्रेष्ठ, नमस्ते नेपाल संस्थाकै आजीवन सदस्य बर्षा लामा, पुर्णिमा लामा, सानु श्रेष्ठ, राम प्रसाद न्यौपाने लगायतको टोलीहरूको सहभागितामा सोही रकम सहयोग हस्तान्तरण गरिएको हो । सोही दुवै मृगौला फेल भएर सहयोगको लागी तड्पिरहेका नेत्र बाहदुर श्रेष्ठलाई ३१ हजार रकम सहयोग गर्ने कार्यक्रमको संचालन सचिव रामजी भट्टराईले गरेका थिए ।
शुद्ध भावनाले हरेक दुखी पिडितको मर्म बुझ्दै सकेको ठाउँमा परोपकारी काम गर्दै अगाडी बढेको यो नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले हालसम्म दर्जन भन्दा धेरै ठाउँमा सहयोग गरिसकेको छ भने अझै आफ्नो बिधान अनुसार आफ्नो लक्ष्य र हरेक सदस्यको मर्मलाई यथार्थमा राखेर सही ढंगले अगाडी बढ्ने सोही नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले कदम अगाडी बढाइरहेको छ ।
बिगत २०७० सालमा स्थापित सोही नमस्ते नेपाल संस्थालाई बाहिर बाट नियाल्ने हरुले पनी स्वच्छ भावनाले धेरै दुखी पिडित बिभिन्न बर्गलाई मध्यनजर गर्दै अगाडी बढ्ने संस्था मध्य नमस्ते नेपाल हातेमालो सामाजिक संस्था पनी गनिन पुगेको बिभिन्न ठाउँबाट जानकारी प्राप्त भएको छ ।
