इजरायलमा ‘हरितालिका तीज साँझ–२०१६’ आयोजना हुने !

Read Time:4 Minute, 5 Second

माया घलेमगर

इजरायल, भदौं २ –  नमस्ते नेपाल इजरायलको आयोजनामा कार्यक्रममा नेपालका चर्चित एंवम् ख्याति प्राप्त चर्चित गायिका एंवम् नवप्रतिभा जानकी तारमी मगर लगायतको उपस्थितिमा  सेप्टेबर २ मा तीज विशेष कार्यक्रम हुँदै !

नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा इजरायलमा ‘हरितालिका तीज साँझ–२०१६’ आयोजना हुने भएको छ । ‘मनोरञ्जन परोपकार र लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान’ भन्ने मुल नारा बोकी सामाजिक कार्यमा अगाडि बढीरहेको संस्थालाई स्थायित्व, दिगो, र सधैंभरी सामाजिक संस्थाको रुपमा स्थापित गराईराख्ने उद्देश्यका साथ संस्थाको आफ्नै केन्द्रीय सामाजिक भवन निमार्णाथ आर्थिक सहयोग जुटाउन कार्यक्रा आयोजना गर्न लागिएको हो ।

कार्यक्रम नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, इजरायल शाखाको प्रमुख आयोजनामा र मातृभूमिका लागी पर्वत सेवा समाज, इजरायलको सह–आयोजनामा साथै बिभिन्न सहयोगी संस्थाहरुको सहभागितामा हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित एंवम् ख्याति प्राप्त कलाकारको उपस्थितिमा तीज सम्बन्धि बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित तिज बिशेष कार्यक्रम विभिन्न कार्यक्रम हुनेछन् । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल, राष्ट्रीय लोकदोहोरी प्रतिष्ठानका भुपू अध्यक्ष एंवम लोकसम्राट प्रजापति पराजुली चर्चित गायिका एंवम् नवप्रतिभा जानकी तारमी मगर को साथमा स्थानिय कलाकारहरुको मनोरञ्जनात्मक कोशेलीहरु रहनेछन् ।

आयोजक संस्थाले कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण संघ–संस्था तथा बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा सम्पूर्ण इजरायलबासी दाजुभाई दिदि–बहिनिहरुमा अनुरोध गरेको छ । ‘ऊक्त कार्यक्रममा सहभागी भई सहकार्य गरि कार्यक्रममा उपस्थित भई, सोभा बढाईदिएर कार्यक्रम सफल एबम् मनोरञ्जनात्मक बनाईदिनुहुन समेतसम्पूर्णमा हार्दिक अनुरोध छ । साथमा लेवन्स्की पार्कबाट कार्यक्रम स्थल सम्म जानको लागि बसको व्यवस्था समेत रहेको छ,’ आयोजकले बताएका छन् ।

कार्यक्रम नमल–२८ तेलअभिव इजरायल ०५ को भवनमा २०१६ सेप्टेबर ०२ तारिखमा सांझ ०८ बजे बाट संचालन हुने आयोजकले जानकारी दिएका छन् । त्यसैगरी भाद्र १८ गते शनिबार अर्थात सन् २०१६ सेप्टेम्वर ०३ तारिख बिहान १०ः०० बजेबाट २ः०० बजे सम्म सामूहिक रुपमा लेवन्स्की पार्क तेलअभिवमा सामुहिक दर खाने कार्यक्रम रहेको छ ।

संस्थाले कार्यक्रमका लागि टिकट यथासक्य छिटो प्रकाशन गर्ने र लेवन्स्की पार्क देखी कार्यक्रम स्थलसम्म निशुल्क यातायत सेवा व्यवस्था गर्ने आयोजक नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल शाखाले जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %