कृष्ण सारू मगर
महोदय, सम्माननीय, प्रधानमन्त्री ज्यू, महामहिम राष्ट्रपति विधादेवी भण्डारी ज्यू, सभामुख ओनसरी घर्ती ज्यू र श्रीमान प्रधान न्यायाधीश शुशिला कार्की ज्यू ।
जनता जनार्दन हुन् ९९% नेपालीहरूको चाहना ! नाबालकले न्याय, पहिचान तथा पिडित महिला जोयाले अधिकार पाउन हाम्रो शुभकामना !!
२०४६ साल पछी न्याय, अधिकार र पहिचानका कुरा गर्ने प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका खोक्रो नारा लिएर वर्षा ऋतुको च्याउ झै उम्रेका विभिन्न मानव अधिकारवादी संघ, संस्था र राजनैनिक दलले ती २ अवोध नावालक निर्दोष नेपाली रगतलाई न्याय, पहिचान साथै, नेपाल आमाकी सहनशीलता भएकी पिडित बुहारी जोयालाई अधिकार दिनु पर्छ ‘दोषी उपर कारबाहीका बारेमा खै त विज्ञप्ति ?
विश्व शान्तिका दुत बुद्ध जन्मेको हाम्रो देश मानचित्रमा हेर्दा प्राकृतिक सौन्दर्यता र भौगोलिक दृष्टिकोणले पनि उत्तिकै धनी छौँ सात प्रदेशमा विभाजित क्षेत्र नं-४ अन्तर्गत पर्ने चितवनको रत्ननगरका जिबन थापा संग ईसाई धर्मावलम्बी फिलिपिनी महिला दुबैईको एक केएफसी अमेरिकन रेष्टुरेन्टमा जिविको पार्जन संगै घर परिवारको गर्जो टार्न आएकी जोयालिन ग्रेस टेलेरमो माइजारेस अर्थात छोकरीमा बोलाउने नाम ‘जोया’ रोजगारीको शिलशिलामा उनिहरूको भेट भयो ।
दुबैई प्रहरी प्रशासनले उनका प्रेमी जिबनलाई लागू पदार्थ दुर्व्यसनी ऐन अन्तर्गत पक्राउ भएको थाहा पाए पछि विदेसी भूमिमा श्रम बेचेर आर्जन गरेको रकमले युएईको जेल बाट मुक्त बनाई उनलाई जन्मघर नेपाल ल्याउन सफल भईन ।
लागु औषधको अम्मली भनेर थाहा हुँदा-हुँदै पनि अन्धो मायाँ प्रेमको जालमा परेकी निष्ठावान प्रेम पुजारी जोयाको अन्ततः सुध्रेला कि भन्ने आशा अपेक्षा तुषारापात मै परिणत भयो । दुवैले सुनौलो भविश्यको सपना सजाउँदै वैवाहिक जीवनमा परिणत भएता पनि विडम्बना पुरूष प्रदान राज्यले अवैधानिक ठहर्याएका उनिहरू कानूनीरुपमा बिवाह दर्ता भने गरेनन् ।
दुई सन्तानकी आमा विदेशी नागरिक जोयाले जिबनलाई रिहा गरी सकुशल ल्याउन सफल भएकोमा गर्व गर्नु त कहाँ छ कहाँ विभिन्न मिडियाले संप्रेषित समाचार र घटनाको प्रकृतिलाई केलाउँदा यस्को ज्वलन्त उधारण हो दाइजो र सम्पत्ति नल्याएको कारण विभिन्न यातना र घरेलु हिंसा समेत बेहोर्नु पर्यो ।
आखिर यस्तो कु-संस्कृति र संस्कारको हाम्रो समाजमा कहिले होला अन्त्य ? जस्को कारणले हाम्रा हजारौं संख्यामा महिला छोरी, चेलीको हत्या र आत्महत्या समेत भएको प्रसस्तै उधारण छन् । नेपाली समाज भित्रकी अर्की पात्र हुन् माइती घर कास्की जिल्लाको पोखरा स्थित हेम्जाकी प्रकाश दहालका श्रीमती श्रृजनाको पनि यस्तै डरलाग्दो घटनाका अर्की पिडित महिला हुन् ।
जन्म दर्ता समेत नभएकोले बालकहरुलाई शिक्षाको ज्योति दिने पाठशालामा भर्नाको क्रममा कस्ले न्याय दिने ? जिबन र जोयाकी कोख बाट जन्म भएका ति २ अबोध नाबालकलाई पनि बाबु पक्कै पनि खोज्लान् । उनको बच्चाले पढ्न पाउँने कि नपाउँने ? हाम्रा छोरी, बुहारी दिनहुँ बलात्कारको शिकार भैरहेको छ नेपालको कानुनले बिश्वभर के सन्देश दिदैछ विभिन्न एनजीओ आइएनजिओमा रहनेहरूले ?
सार्वभौम राष्ट्रका वीर गोर्खाली, सगरमाथा, र विश्व शान्तिका अग्रदुत बुद्धको देश भनेर चिनिएको नेपालको मान, प्रतिष्ठा ईज्जत संसारलाई अब बुहारी पाल्न नसक्ने देश भनी चिनाएरै छाड्यौ होइन ?
छोरी/बुहारी घरका गहना हुन, लक्ष्मी हुन् नेपाल सरकारले सार्वजनिक गरे अनुसार ८१.३% हिन्दु परम्पराको धज्जी उडाउदै वर्षौ देखि उत्पीडनमा परेकी शारीरिक शोषण मात्रै नभई मानसिक यातना सम्म बेहोर्नु पर्यो ।
अन्तराष्ट्रिय स्वतन्त्र मानव अधिकारको हनन् गर्दै अन्धा कानुनले नेपाली नागरिक जीवन थापा कै हो भनेर कानूनी उपचार देखि श्रीमती तथा उनका ती निर्दोष नावालक पालन पोषणका लागी आधा अंश दिलाउनु पर्नेमा ठीक विपरीत उल्टो भयो ।
फिलिपिनी दुतावासले ने.रू. ७ लाख बुझाएर जोयालाई उद्धार गर्नु नैतिक जिम्मेवार र कर्तब्य भित्र पर्दछ । वास्तवमा उनि नरपिचास पतिको यातना सहन नसकेर माईतिघर फिलिपिन्स फर्कनु चाहना हैन, त्यो उनको बाध्यता हो ।
पुरूष प्रदान देशमा विदेशी बुहारीलाई अधिकार दिनु त कुरै छाडौं ती मानवीयताको दृष्टीकोणले हाम्रो देशको पितृसत्तात्मक अन्धा कानुनले लाचार पीडित महिलालाई लैंगिक असमानता र बाल-बालिकाहरुको हक अधिकार सम्बन्धि मुद्दालाई नियाल्दा उद्दारको नाउँमा देश निकाला संगै अधिकार विहिन माइत पठाएको यो दु:खद समाचारले आम पौने ३ करोड नेपालीहरुको शिर झुकाएको छ ।
श्रम तथा यौन शोषण मानसिक यातनाको सिकार सहित अन्तराष्ट्रियको ऐनको स्वतन्त्र मानव अधिकार ILO १६९ अन्तर्गत उलंघन गरेकोले हिसाब किताब मागेको भए त्यो मूल्य चुकाउन सक्थ्यौ त ?
बुहारीबाट जन्मिएका नावालक (छोरा) को भविष्य सन्तानलाई बाबुको पैतृक सम्पतिमा हक पाउनु पर्छ कि पर्दैन ?
आफुले पाएको विभिन्न यातनाका बारेमा मुख खोल्न बाध्य होलिन नेपाल र नेपालीहरु प्रति हेर्ने दृष्टी कस्तो होला ? दीर्घकालीन निराकरण तर्फ अधिकारवादीको ध्यान किन गएन ?
सायद ति फिलिपिन्स छोरीले बुहारीको हक त खोज्दैनन् होला तर, सन्तानहरुको पैतृक सम्पति माथी अधिकार खोज्न पाउने प्रावधान छ कि छैन ?
समावेशी र समानुपातिक मुद्दामा विजयी भएको नेपाली राजनीतिले महामहिम राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश जस्तो गरिमामय महिला नेतृत्वको पदभार हुँदा पनि जीवन थापा जस्ता नरपिचास पुरुषहरूलाई जब सम्म कानुनको कठघरामा पर्दैनन तब सम्म हजारौं छोरी/बुहारीले यो देशमा सु:ख शान्तिको अमनचैनले बस्न पाउने छैनन् ।
अन्ततः “मुना र मदन” को प्रेम संवन्ध माटोमा मिलायो आज बुहारी पाल्न नसक्ने देश “नेपालको नयाँ इतिहासको रचना” भएको छ ।