रूद्र श्रीसमगर
पोखरा, भदौ १ – नेपाल मगर संघ बाघमारा एकाइ समितिद्वारा नवनिर्मित बहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले शिलालेख अनावरण गरी तथा ताओ एशोसिएसन अफ नेपालका अध्यक्ष ताओ छेन रनले रिबन काटेर संयुक्त रूपमा उदघाटन गर्नुभएको थियो ।
सो अवसरमा सो बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाता एवं सहयोगदाताहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । ताओ एशोसिएन अफ नेपालको मुख्य आर्थिक सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो ।
नेपाल मगर संघ बाघमारा एकाइ समितिका अध्यक्ष इन्द्रबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिनबहादुर मगर तथा जिल्ला सदस्य रामबहादुर पुनमगरले स्वागत गर्नुभएको थियो ।
