देवदह नगरपालिकाको निर्माणधिन भवनमा गुणस्तरहिन ईट्टा प्रयोग

Read Time:2 Minute, 30 Second

गोबिन्द घर्ती मगर

साउन ३२ । देवदह नगरपालिकाको निर्माणधिन भवनमा गुणस्तरहिन ईट्टा प्रयोग गरेको पाईएको छ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानका टोलीले निरिक्षणको क्रममा उक्त तथ्य वाहिर आएको हो । देवदह नगरपालिकाको भवन निर्माण गर्न भिम ज्योति कन्ट्रक्सनलाई ठेक्कामा दिएको थियो । देवदह नगरपालिकाकोे निर्माणधिन ४ तले भवन करिव ४ करोडको लागतमा निर्माण कार्य भईरहेको छ ।
निरिक्षणको क्रममा गुणस्तरहिन ईट्टा प्रयोग गरेको पाईएको र तत्काल ठेकेदारलाई उक्त ईट्टा प्रयोग नगर्न आग्रह गरिएपनि ठेकेदारले वेवास्ता गरी गुणस्तरहिन ईट्टा प्रयोग गरेको मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानका सदस्य शिव पाठकले बताए । ठेकेदारले नगरपालिकाको भवन निर्माणमा गुणस्तरहिन ईट्टा प्रयोग गरेर गलत कार्यगरेको देवदह नगरपालिकाका सव–ईन्जिनियर नारायण काफ्लेले बताए । काफ्लेको अनुसार ठेकेदारले भवन निर्माणमा प्रयोग गरिएको ईट्टामा गुणस्तरहिन ईट्टा मिसावट रहेको बताए । देवदह नगरपालिकाको निर्माणधिन भवनमा कमसल खालको ईट्टा प्रयोग गरिएको पाईएकोले उक्त ईट्टा तत्काल प्रयोग नगर्न ठेकेदारलाई भनिसकेको देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले बताए । नगरपालिकाले ठेकेदारलाई ईन्जिनियर संग समन्वय गरेर मात्र काम अगाडि बढाउन भनिसकेको घिमिरेले बताए ।
निर्माणधिन भवनको लागि ल्याईएको ईट्टा कमसल खालको ईट्टा मिसावट भएको बताए । उता भिम ज्योति कन्ट्रक्सनका सुपरवाईजर धुव्र चौधरीले भने जुनसुकै ईट्टाभट्टाबाट ल्याईए पनि मिसावट भएर आउने बताए । उता ठेकेदार शिव प्रसाद भट्टराई संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %