संचार माध्यम समावेशी हुनुपर्छ:घर्तीमगर !

Read Time:3 Minute, 1 Second

प्रविन गाहा मगर 
रुपन्देही, श्रावण ३१ – नेपाल मगर पत्रकार संघका केन्द्रीय अध्यक्ष मनोज घर्तीले संचार माध्यम र न्युज रुप समावेशी बनाउनु पर्ने बताउनु भएको छ । नेपाल मगर पत्रकार संघ रुपन्देहीको  बुटवलमा भएको प्रथम अधिवेशनमा केन्द्रीय अध्यक्ष घर्तीमगरले संचार माध्यम सवल हुनको लागि पनि संचार माध्यम र न्युज रुप समावेशी हुनु पर्नेमा जोड दिनुभयो ।

उहांले पत्रकारको न्युनतम पारिश्रमिक लागु भए नभएको अनुगमन गर्न पनि सरकार संग आग्रह गर्नुभयो । केन्द्रीय अध्यक्ष घर्तीमगरले मगर समुदायको पहिचान र पहुंचको लागि मगर पत्रकार संघ स्थापना गरिएको स्पष्ट पार्नुभयो । उहांले पेशागत मर्यादालाई ख्याल गदै मगर समुदायको आवाज बुलंद पार्न कलम चलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघका पुर्व वरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले उत्पीडनमा परेको समुदायको आवाजले संचार माध्यममा उचित स्थान नपाएको गुनासो गर्नुभयो । नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष शेर बहादुर केसीले पत्रकारिता क्षेत्रमा टिकिरहने बातावरण बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

संघका अध्यक्ष लोकनेश ढेंगाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देही अध्यक्ष दलबहादुर छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रुपन्देही उपाध्यक्ष डिल बहादुर खाम्चा मगर, इन्जिनियर गम प्रसाद रेश्मी मगर, नेपाल मगर संघ रुपन्देही कार्यवाहक अध्यक्ष गिता सारु मगर, नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष चन्दा थापा मगर, नेपाल मगर पत्रकार संघका केन्द्रिय सचिव मिलन गाहा मगर, नेपाल प्रेस चौतारीका केन्द्रीय सदस्य यम राना मगर,  बरिष्ठ पत्रकार गिरी श्रीस मगर, सिवी थापा मगर, डा. नेत्र राना मगर, खिम थापा मगर, मिना राना मगर, सरिता श्रीस मगर, सुरज थापा मगर लगाएतले उत्पीडित समुदायको आवाज बुंलद संगै आर्थिक समृद्धिको बाटोमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %