नेपाल मगर पत्रकार संघ रुपन्देहीमा नयां नेतृत्व चयन !

Read Time:1 Minute, 20 Second

सोनु थापा मगर
रुपन्देही, श्रावण ३१ – नेपाल मगर पत्रकार संघ जिल्ला समिति,रुपन्देहीको प्रथम जिल्ला अधिवेशन नयां नेतृत्व चयन गरि आज बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनले पत्रकार सोनु थापामगरको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन गरेको हो । जसमा उपाध्यक्ष मिना रानामगर,सचिव सुरज थापामगर,सहसचिव लिला राना,कोषाध्यक्ष आकृति थापा र सदस्यमा क्रमशःमिन रानामगर,गोपाल थापामगर,प्रभा गाहामगर,विनिता श्रीस,ज्ञानबहादुर थापामगर रहनुभएको छ ।

संघका अध्यक्ष लोकनेंश ढेंगामगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष मनोज घर्तिमगर,नेपाल सरकार आदिवासी जनजाति जिल्ला समन्वय समिति,रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चा,नेपाल आदिवासी जनजाति महासंघ,जिल्ला समन्वय परिषद्,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %