निरज गुरुङ पछि अर्का नेपाली पुन: हङकङ पुलिसमा छनोट हुन सफल !

Read Time:5 Minute, 36 Second

काजी गुरुङ
हङकङ, अगस्त १५ – गण्डकी अञ्चल कास्की, सात मुहाने देउराली गाबिस-८ पूर्ख्यौली घर भई सन १९९५ मा भारतीय गोर्खा सैनिकको जागिर छोडेर हङकङ आएका मिन बहादुर गुरुङ र श्रीमती बिष्णु माया गुरुङले पहिलो सन्तानको रुपमा सन १९९६ मा कुशल गुरुङलाई जन्म दिए। पछि कुशल गुरुङले सन आईल्याण्ड किन्डर गार्टेनबाट नर्सरी तह, डेलिया मेमोरियल स्कूलबाट प्राथमिक र माध्यमिक तहको पढाई पूरा गरे।

माध्यमिक तहको पढाई अध्ययनको सिलसिलामा हिमालय परियोजना युनलोंग जिल्ला (Project HIMALAYA Yuen long District) ले आयोजना गरेको बिभिन्न कार्यक्रमहरुमा सहभागीता हुंदै सोही परियोजनाकै मार्ग निर्देशनमा हङकङ पुलिस फोर्समा दोस्रो पटक नेपालीको प्रतिनिधित्व गर्दै छनोट हुन सफल भएको छ।

कुशल गुरुङ हिमालय परियोजना अन्तर्गत हङकङ पुलिस फोर्समा छनोट हुन सफल भएको खुशीयालीमा हिमालय परियोजनाले युनलोंगस्थित पुलिस स्टेशनमा अवस्थित कार्यकक्षाको सभा हलमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा  HONG KONG POLICE FORCE, District Commander, Yuen long का Mr.Fok  लगायत अन्य पुलिस अफिसरहरुको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा कुशल गुरुङलाई HONG KONG POLICE FORCE, District Commander, Yuen long का Mr. Fok ले हङकङ पुलिस फोर्समा छनोट हुन सफल भएको खुशीयालीमा बधाई तथा शुभकामना ब्यक्त गर्दै युनलोंग जिल्ला पुलिस अंकित मायाको चिनो प्रदान गरे।  यसैगरी उपस्थित युनलोंग जिल्लाका पुलिस अफिसरहरुले पनि बधाई तथा शुभकामना ब्यक्त गर्दै हात मिलाएका थिए। बधाई तथा शुभकामना ब्यक्त गर्ने क्रममा HONG KONG POLICE FORCE, District Commander, Yuen long का Mr. Fok ले निरज गुरुङ पश्चात हङकङ पुलिस फोर्समा छनोट हुन सफल दोस्रो नेपाली भएको बताए। हङकङ पुलिस फोर्सको तालिम ६ महिनाको हुने र ६ महिना तालिम पुरा गरे पश्चात कुशल गुरुङले निरज गुरुङ सरह नै हङकङ पुलिस फोर्सको पोशाक पहिरिने छन ।

स्मरण रहोस, गत बर्ष मात्रै स्याङ्जाका निरज गुरुङ्को मेहनतले पाएको सफलताले वीर गोर्खालीको नाम अझ उच्च बनेको थियो भने हङकङबासी  सिंगो नेपालीको गौरव बन्न सफल भएका थिए। यसैगरि लागू दुर्व्यसनमा नेपाली युवाको चढ्दो तथ्याँकमा नेपाली पुस्ता जेहेन्दार पनि छन भन्ने सन्देश दिदैं युवाहरूको लागि एउटा उदाहरणीय बनेका थिए निरज गुरुङ र आज आएर पुनस् अर्का नेपाली उसको आफ्नो मेहनतले नै भन्नु पर्छ स्थानीय सरहको स्थानमा पुग्न सफल भएको छ।

त्यो सानो तहको कर्मचारी किन नै नहोस। सायद यस सफलतामा कति पय अभिभावकहरुको रुचि, चाहना तथा आकांक्षा होलान पनि। तपाईहरु पनि आफ्नो छोराछोरीहरुलाई निरज गुरुङ र कुशल गुरुङ जस्तै हङकङको पुलिस बनाउंने इच्छा, चाहना तथा आकांक्षा भए हिमालय परियोजनामा भर्ना गर्न सक्नुहुनेछ। जसबाट तपाईंको निपुण९ परिपक्क,योग्य छोराछोरीहरुलाई धेरै हदसम्म सहयोग गर्नेछ।     

अन्तमा, मेरो तर्फबाट पनि कुशल गुरुङ्लाई निरज गुरुङ पश्चात हङकङमा नेपाली समुदायहरुको बीचमा एउटा अर्का सफल नायक, एैतिहासिक रच्न सफल ब्यक्तित्वको रुपमा परिचित हुने सौभाग्य प्राप्त गरेकोमा धेरै धेरै बधाई तथा शुभकामना सहित अगाडिको पाईलाहरु अझ लम्किएर जाओस भन्ने आशीर्वाद पनि दिन चाहन्छु। आशा छ यो सफलतालाई हङकङबासी महानुभावहरु कसैले पनि नकारात्मक दृष्‍टिले हेर्नुहुनेछैन भन्ने। हुन्छ भने आउंनुहोस निरज गुरुङ र कुशल गुरुङ जस्तै अन्य नेपाली युवाहरुलाई पनि हङकङ पुलिसमा भर्ती हुनको लागि प्रोत्साहन तथा हौसला प्रदान गरौं।

स्मरण रहोस, कुशल गुरुङका १३ बर्षिय सहोदर भाई लेनिक्स गुरुङ लगायत केही नेपाली युवा र पाकिस्तान मूलका युवाहरुले हाल सो हिमालय परियोजनामा चाइनिज भाषाको कक्षाहरु देखी खेलकुद तथा बिभिन्न गतिबिधिहरुको निशुल्क तालीम लिंदैछन।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %