ईजरायलमा महिला हिँसा सम्बन्धि बिषेश अन्तक्रियात्म कार्यक्रम हुदै !

Read Time:1 Minute, 55 Second

माया मगर

ईजरायल, श्रावण ३१ – तेलअभिव ईजरायल सत्यसाइ केन्द्र इजरायल, तेलअभिव र नेपाली नारी आवाज, इजरायलको आयोजनामा यहि आउने शनिबार तेलअभिवमा मानव बेचबिखन बिरूद्द बिषेश जानकारी मुलक अन्तक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।

इजरायल कै हाइफामा सञ्चालन भै रहेको महिला हिँसा बिरूद्द अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन करिव २ हप्ता अगाडी इजरायल आइ पुग्नु भएकी शक्ती समुहकी कार्यकारी निर्देशक सुनिता दनुवारले उक्त अन्तक्रियात्म कार्यक्रममा सहजिकरण गर्ने सत्य साइ केन्द्रकी अध्यक्ष नेहा गुरूङले जानकारी दिनु भएको छ ।

गुरूङका अनुसार हाइफामा सञ्चालन भै रहेको उक्त सम्मेलनमा १९ देशका मानवअधिकार कर्मीहरूको सहभागिता रहेको छ । सोही कार्यक्रमबाट केही समय निकालेर मानव अधिकार कर्मी सुनिता दनुवारले इजरायलमा कार्यरत नेपाली माझ अन्र्तक्रियात्म कार्यक्रममा सहभागिता जनाउने गुरूङले जानकारी दिनु भयो ।

बिहान ११ बजेबाट शुरूहुने उक्त अन्तक्रियात्मक कार्यक्रममा सहभागिताको लागी इजरायलमा स्थापित सँघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगाएत महिला दिदी बैनी तथा दाजुभाइहरूमा उपस्थितिकोलागि आयोजकले अनुरोध गरेको छ । कार्यक्रम हार्चियोनमा रहेको सत्यसार्य केन्द्र रहेको भवन मा हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %