माया मगर
इजरायल, श्रावण ३१ – इजरायलमा कार्यरत सहयोगी मनहरुको सामाजिक संस्था सहयोगी मनहरुको समाज द्वारा बाढि पिडितहरुलाई सहयोग वितरण गरेको छ।
केहि दिनको लगातार बर्षाले मोरंग हसन्दह गाबिस बडा नं.३ र ५ मा बक्राहा खोलामा बाढि आएपछि गाउँ र धानवालीमा पसेर नदि किनारमा टहरा बनाइ बस्दै आएका मुसहर तथा सतार जातिका घर बगाइदिनुका साथै वरपरका हजारौ बिघा जग्गामा लगाइएको धानवाली नष्ट पारिनुका साथै उक्त बालीमा करीव २, ३ फीटसम्म अग्लो हुनेगरि बालुवा भरिएको छ।
बक्राहा खोलाले विस्थापित भएका मध्ये अति बिपन्न र पछाडिएको समुदायका मुसहर, सतार लगायतका ७० घर परिवारहरुका लागि समाजले प्रति घर परिवार १-१ भुइमा बिछ्याउने म्याट १-१ झुल बितरण लगाएत स्वस्थ्य चौकी को रोबरमा केहि अति आवासक औषधिहरु स्थानीय प्रसासन गा.वि.स , प्रहरी स्थानीय अमर सिंग उच्च मा.वि.,निजि बिद्यालय डनबोक्स, रेडक्रस लगाएत बुद्धिजिबी र राजनितिक दलहरुको रोहबरमा वितरण गरेको हो।