नेपाल मगर संघ कास्कीद्वारा लखनचोक सरसफार्इ !

Read Time:1 Minute, 33 Second

रूद्र श्रीस मगर

पोखरा, साउन २९ – नेपाल मगर संघ कास्कीले नेपालका प्रथम शहीद लखन थापामगरको शालिक रहेको पोखराको लखनचोक सरसफाइ गरेको छ ।

नेपाल मगर संघ कास्कीको २२ औं जिल्ला सम्मेलनका अवसरमा शनिबार बिहान लखनचोक सरसफाइ गरिएको हो । पोखराकै मुटु मानिने अति व्यस्त चोकका रूपमा परिचित लखनचोकलाई सफा र सुन्दर राख्नका लागि सरसफाइ गरिएको कार्यक्रम संयोजक एवं नेपाल मगर संघ कास्कीका सांस्कृतिक विभाग प्रमुख दुर्गाबहादुर थापामगरले जानकारी दिनुभयो ।

नेपाल मगर संघ कास्कीले विभिन्न अवसर पारेर लखनचोकको सरसफाइ गर्दै आएको छ । पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन राजमार्ग जाने चोकका रूपमा समेत लखनचोक चर्चित छ । लखनचोक सरसफाइ कार्यक्रममा भद्रकाली नर्सरीले पनि सहयोग गरेको थियो ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका संगठन विभाग प्रमुख कर्णबहादुर थापामगर, जिल्ला सदस्यहरू बुद्धिमाया थापामगर, धनकुमारी डिसुवामगर, नारायण काउछामगरलगायतको समेत उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %