भ्रष्टचार मुक्त् देश बनाउन युवाहरु लाग्नु पर्छ:मिश्र

Read Time:2 Minute, 54 Second

देव घर्ती मगर

बुटवल, साउन २८ – परिवर्तन आफुबाट शुरुवात गर्नु पर्ने बरिष्ठ पत्रकार रविन्द्र मिश्रले बताउनु भएको छ । नेपाली विविसिका प्रमुख समेत रहनु भएका बरिष्ठ पत्रकार मिश्रले सोचाई परिवर्तन नभएसम्म देशको परिवर्तन हुन नसक्ने बताउदै सोच परिवर्तनका साथ देशको विकासमा युवाहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देवदहको खैरेनी चोकमा कञ्चन साप्ताहिकको  आयोजना र उज्यालो लालटिनको सहआयोजना भएको बृहत्त युवा भेलामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । बरिष्ठ पत्रकार मिश्रले भ्रष्टचार मुत्त देश बनाउन युवाहरु लाग्नु पर्नेमा जोड दिदै त्यसको लागि युवाहरु संकल्पका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले संस्कार परिवर्तन गर्न युवाहरु लाग्नु पर्ने भन्दै त्यसको लागि युवाहरुमा सकारात्मक सोचको आवश्यक रहेको बताउनु भयो । उहाले समक्ष युवाहरु बिदेश पलायन हुने प्रचलनले गर्दा देशको वागडोर असमक्षको हातमा गएकाले देशको विकास हुन नसकेको बताउनु भयो ।

उहाले हरेक नेपाली युवाहरु संकल्पका साथ लाग्ने हो भने देशको विकासले फड्को मार्न सक्नेमा जोड दिनु भएको थियो । कञ्चन साप्ताहिकका प्रकाशक नेत्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, बरिष्ठ कवि मनोज भण्डारी, प्रकाश अर्याल, प्रमोद खनाल, तुल्सी आर्चाय, डोलराज पराजुली, यज्ञप्रसाद न्यौपाने, निर्मल ढुंगाना, विष्णु पोखरेल, रामबहादुर गुरुङ्ग, सुनिल मरासिनी, शंकर गिरी, बिपना शर्मा लगायतले बोल्दै युवाहरु सकारात्मक सोचका साथ देशको विकासमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

 कार्यक्रममा वावुराम वस्नेतले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । पत्रिकार सम्पादक गणेश डुम्रेको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %