इश्वर बलम्पाकी मगर
उदयपुर, साउन २७ – त्रियुगा नगरपालीकका वडा न .१ निबासी तिर्थ माया मगर हाल दुबै मृगौला फेल भएका बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठन धरानमा उपचार गराइ रहनुभएको छ । आर्थीक अबस्था कमजोर त्यो माथी एकल महिला भएकोले उहाँलाइ बचाउनको लागी मृगौला फेर्नुपर्ने भएको छ ।

एक छोरा एक छोरीकी आमा तिर्थ माया बिगत एक बर्षदेखी मृगौला फेल हुंदा थल्लीनु भएको छ । एकत निम्न स्तरको मगर परिवार त्यो माथी एकल महिला उहाँलाइ रोगले च्यापेपछी छोरो हाल बैदेसीक रोजगारको सिलसिलामा मलेसिया हुनुहुन्छ एक छोरी , आमा , बहिनी सहित पाँच परिवाको सदस्या मगर परिवामा अहिले चर्को आर्थीकले गाँजेको छ ।
यता दाइले बैदेसिक रोजगारमा कमाएको सबै पैसा आमाकै उपचारमा खर्चीदा सम्म आमाको स्वास्थ्यमा हाल सम्म केही सुधार गर्न नसकिएको बताउनुहुन्छ छोरी मुना मगर । मगरको उपचारमा हाल सम्म नौ लाख सकिसन्दा पनी स्वास्थ्यमा केही सुधार नभएको बताउनुहुन्छ बहिनी लिला माया मगर । अहिले दिदिको अबस्था एकदम नाजुक भएकोले डक्टरले अब बचाउनको लागी मृगौलानै फेर्नुपछ भनेपछी अब सहयोग माग्नुको बिकल्प केही नहुदा हाल सहयोगी हातहरुको खोजीमा रहेको बताउनु हुन्छ बहिनी लिला माया ।
यस्तै हाल मागरको नाममा फेसबुकमा समेत तिर्थमाया बचाउ अभियान पेज बनाइ सहयोगको याचना गरीएको र बुधबार मात्र साउने निबासी गाइघाट फोक्सीन्टर चल्ने पन्चपुद्ध बसका यातायात मजदुर सन्जीब मगरले फेसबुकमा सहयोगको याचना गरीएको पढेपछी नगद रु दश हजार (१०,००००) सहयोग गर्नुभएको छ ।

यस्तै हाल जिल्लामा रहनुहुने सम्पुण दाजुभाइ दिदिबहिनीमा जती सकिन्छ सहयोग गरीदिन मगर परिवाले अुनरोद गर्दै हाल आर्थीक संकलन अभियान थलेको छ । यस्तै छोरी मुनाको नाममा सहयोग संकलनको लागी बुधबार गाइघाट स्थीत ग्लोबल बैक शाखा कार्यलय मा खाता खोलीयको छ ।
यदी कोही सहयोगी हातहरुले सहयोग गर्न चाहानुभएमा ग्लोबल बैक साखा कार्यलय उदयपुरमा छोरी मुना मगरको नाममा रहेको खाता नं.२२०७०१०००८७८६ मा रकम जम्मा गरी अथवा मोबाइन नम्बर ९८६२९३६३९५ मा सम्पर्क गरेर सहयोग गर्न सकिने छोरी मुना मगरले बताउनु भयो ।
