आदिवासी दिवसमा रक्तदान र फलफूल बितरण !

Read Time:3 Minute, 20 Second

देव पचभैया

हेटौँडा,श्रावण २७ – २२ औ बिश्व आदिवासी दिवसका अवसर हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले सप्ताहव्यापी कार्यक्रम अन्तरगत गरेको हो ।  कार्यक्रमलाई नेपाल आदिवासी जनजाति युवा महासंघ, नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघ र नेपाल मगर युवा संघको मकवानपुर शाखाले व्यबस्थापन गरेको थियो ।

कार्यक्रममा दुई महिलासहित १४ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेवाः देय् दबुःका जिल्ला उपाध्यक्ष अनिल खड्गे, किराँत राई यायोख्याका जिल्ला उपाध्यक्ष पदमराज राई लगाएतले रक्तदान गरेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र, हेटौँडाका रक्त प्राबिधिक बिष्णुप्रसाद रिमाल लगाएतले रगत संकलन गरेका हुन् ।

नेपाल तरकारी तथा फलफूल व्यबसायी संघ, नेपाल मगर युवा संघका जिल्ला अध्यक्ष प्रकाश राना लगाएतले फलफूल सहयोग गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगर, निबर्तमान अध्यक्ष बुद्ध लामा, सल्लाहकार नन्दरत्न स्थापित, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

त्यस्तै, बिश्व आदिवासी दिवसका अवसरमा नेपाल तामाङ घेदुङ मकवानपुरद्धारा फलफूल बितरण गरेको छ । हेटौडा उपमहानगरपालिका १७ रातोमाटेमा रहेको दिब्य सेवा निकेतन बृद्धाश्रममा रहेका ३१ जना बृद्धबृद्धालाई फलफूल बितरण गरिएको हो ।कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा नेपाल तामाङ घेदुङकी केन्द्रिय सदस्य जानकी लामाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम घेदुङका मकवानपुर अध्यक्ष लिलाकुमार घलानको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममै नेपाल तामाङ युवा घेदुङका जिल्ला अध्यक्ष राजकुमार गोलेले आश्रमलाई २ हजार रुपैया सहयोग प्रदान गर्नुभयो । कार्यक्रममा दिब्य सेवा निकेतनका केन्द्रिय अध्यक्ष टी आर निरौला, आश्रमका अध्यक्ष चम्फु सिँह लामा, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सल्लाहकार मधुकर सिं गलामी मगर लगायत जातिय संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %