हङकङमा २२ औं बिश्व आदिवासी दिवस सम्पन्न, हंगकंगले उर्जा दियो लिम्बु


Read Time:2 Minute, 38 Second

भिम बरही मगर, ९ अगष्ट हंगकंग, आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा २२ औं बिश्व आदिवासी दिवस याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न भएको छ । आदिवासी जनजाति फिल्म एसोसियसनका अध्यक्ष तथा फिल्म निर्दैशक नबिन सुब्बाले प्रमुख आतिथ्य ग्रहण गर्दै  सम्बोधन गरेका थिए । आदिवासी जनजातिको हक अधिकार र राज्यले गरेको बिभेदको बारेमा बोल्दै हंगकंगले नेपाल गएर काम गर्नको लागि उर्जा दिएको सुब्बाले बताए । एविसी टेलिभिजनका पत्रकार मिलन लिम्बुले पनि बिशेष अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए ।

नेपाली महासंघ हङकङकी अध्यक्ष रिता गुरूङ तथा आदिवासी जनजाति महासंघ हंगकंगका पुर्व अध्यक्ष भुपेन्द्र चेम्जोङले पनि बिषेश अतिथ्य ग्रहण गरेका थिए । चेम्जोङले आदिवासी जनजातिको बारेमा प्रस्ट्याएका थिए । अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरूले अतिथ्य ग्रहण गरेका थिए । सघंका अध्यक्ष एम बि थापा मगरको अध्यक्षतामा महासचिब हस्त मास्वाको सञ्चालनमा आदिवासी जनजाति युवा संघका सचिब तिलक सोमै मगरले स्वागत मन्तब्य दिएका थिए । प्रमुख अतिथि नबिन सुब्बा र बिशेष अतिति मिलन लिम्बुलार्इ कदरपत्रले बिशेष सम्मान गरिएको थियो ।

आदिवासी बर्ष पुरूषमा भवेश घिसिङ र बर्ष चेलीमा कविता रार्इलार्इ सम्मान गरीएको थियो । रेष्मा गुरूङले आदिवासी जनजाति भनेको के हो भन्दै प्रस्ट पारेकी थिइन ।  

आदिवासी जनजातिको हक अधिकारको बारेमा, प्रशासनिक निकाय र दलिय राजनिति निकायमा भैरहेको बिभेद साथै भुकम्प पिडितहरूमा पनि आदिवासी जनजातिलार्इ राज्य र राजनितिक दलले गरेको बिभेदको बारेमा छुट्टा छट्टै बृत्तचित्र प्रर्दशन गरीएको थियो । आदिवासी जनजातिको भेष भुषा पनि प्रर्दशन गरीएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %