हङकङमा गुरुङ चलचित्र फ्रिसी भब्यताका साथ प्रदर्शित !

Read Time:7 Minute, 9 Second

मुककाजी गुरुङ

 हङकङ, ८ अगस्त- ७ अगस्त २०१६ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा गुरुङ भाषामा आधारित गुरुङ चलचित्र फ्रिसी  अपार सफलताका साथ प्रदर्शन भएको छ।

चलचित्र शुरु हुनु अगाडि औपचारिक कार्यक्रम मार्फत नेपालबाट आमन्त्रित फ्रिसी चलचित्रका लेखन तथा निर्देशक युग गुरुङ, हङकङ निर्माताहरु पुकार गुरुङ, किशोर गुरुङ र ज्ञान (श्री) थापा लगायत नेपालबाट २२ औं विश्व आदिबासी दिवसको अवसरमा सहभागी हुन आएका चलचित्र कर्मी नबिन सुब्बालाई मञ्चमा अतिथिको रुपमा आसिन गराएका थिए।

यसैगरि अन्य अतिथिहरु तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र गुरुङ, लमजुङ सेवा समितिका निवर्तमान अध्यक्ष बिजय गुरुङ, तमु ट्हो ह्युल हङकङका प्रतिनिधि तथा उपाध्यक्ष कुमार गुरुङ, नेपाली महिला संघ हङकङकी अध्यक्ष टिका गुरुङ, जिफान हङकङकी उपाध्यक्ष माया गुरुङ, नमो बुद्ध जोर्डनका अध्यक्ष पदम कुमारी गुरुङ, समाजसेवी तथा युम्पो देउराली चलचित्रका हङकङ निर्माता दिलिप गुरुङ र अर्का समाजसेवी तथा कानून ब्यबसायी देव गुरुङ पनि अतिथिको रुपमा आसिन थिए।

जनसम्पर्क समिती हङकङका महामन्त्री मिन गुरुङ्द्वारा सञ्चालित कार्यक्रमलाई चलचित्र कर्मी नबीन सुब्बाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। बोल्ने क्रममा सुब्बाले गुरुङ समुदायमा युग गुरुङले गुरुङहरुको भाषा, संस्कार तथा संस्कृतिलाई संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्नको लागि गुरुङ चलचित्रलाई विश्व ब्यापी बनाउंने अभिप्रायले निरन्तर लागि रहेको बताउंदै चलचित्र कर्मी युग गुरुङको प्रशंसा गरे। लगभग २० बर्षदेखि युग गुरुङसंगको लामो संगत र गुरुङ समाज प्रति युग गुरुङले जुन कार्य गरिरहेको छ, त्यो वास्तबमै गुरुङ समुदायको लागि मात्र नभएर आदिबासी जनजातिको लागि पनि अहोभाग्य भएको बताए।

यसैगरि आफु लगायत आदिबासी चलचित्रकर्मीहरु बिशेष गरेर हङकङमा रहेका गुरुङ समुदायप्रति आभार प्रकट गरे। यस प्रकारले कि प्रवासमा बस्ने तमाम गुरुङ समुदाय साथै आदिबासी जनजातिहरुको कारणले आदिबासी जनजाति चलचित्रकर्मीहरु गौरवसाथ आदिबासी चलचित्रहरुलाई ब्यबसायीकरण गर्न पाईरहेको बताए र यो २० बर्षको दौरानमा युग गुरुङले चलचित्र क्षेत्रमा गरेको योग्दान जसले आदिबासी चलचित्रलाई ठुलो योग्दान दिएको बताए। यसगरी फ्रिसी चलचित्रका लेखन तथा निर्देशक युग गुरुङले गुरुङ भाषा, संस्कार तथा संस्कृतिलाई संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धनको लागि गुरुङ चलचित्रको माध्यमबाट निरन्तर लागि रहेको बताए र गुरुङ जीवनको अन्तिम घडीसम्म पनि गुरुङहरुको भाषा, संस्कार तथा संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको लागि लागि रहने बताए। जसको लागि हङकङमा फ्रिसी चलचित्र लिएर आएको र यो क्रम निरन्तर चलिरहने बताए।

बोल्ने क्रममा गुरुङले हालसम्म गुरुङहरुको ब्यबहारिक रुपमा आफ्नो लिपी नभएको हुंदा भाषा जोगाउने मुख्य माध्यम भनेको नै चलचित्र एक हो र हङकङबासीहरुको माया र सहयोग प्राप्त भई रहने छ भन्दै आशावादी रहे र अन्तमा फ्रिसी चलचित्रलाई माया गरेर चलचित्र हेर्न पाल्नु भएका सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै चलचित्र हेरी सकेपछि कमी कमजोरीलाई प्रतिकृया दिनको लागि अनुरोध गरे। चलचित्र कास्की जिल्ला अन्तर्गत गुरुङहरुको बाक्लो बस्ती सिक्लेस गाउंमा छायांकन गरिएको छ। यसैगरि यस चलचित्रमा मायाप्रेम देखि लिएर कुलतमा फसेका युवाहरुको लागि शिक्षा मुलक रहेको र गुरुङ्हरुको संस्कृतिमा आधारित रहेको छ। यस चलचित्रमा मुख्य कलाकारको रुपमा प्रतिक गुरुङ र धन माया गुरुङ नायक तथा नायिकाको भूमिकामा देखा परेकाछन ।

अन्य कलाकारहरुमा पूजा गुरुङ, सुनिल गुरुङ, प्रतिमा गुरुङ र राजेन्द्र थापा आदिले अभिनय गरेको देखिन्छ।रञ्जिन गुरुङले यस चलचित्रलाई छायांकन गरेको छ भने सह( छायांकन सुमन गुरुङले गरेका छन। यसैगरि प्रबिन नेपालीले सम्पादन र जसु गुरुङले नृत्य निर्देशन गरेकी छिन। ङै घट्कन बिले पनि ङै खुशी बिले पनि , खैमो ङी रोधीर, स्यना मादल रादी र मुलर बे क्यु थुंबै जस्ता गुरुङ गीतहरुलाई धन बहादुर गुरुङ, सरुन गुरुङ, शान्ति गुरुङ र निता गुरुङले स्वर दिएका छन। ह्वाइट लोटस प्रा लि को पाचौं प्रस्तुतिमा निर्मित उक्त चलचित्रलाई लेखन तथा निर्देशक युग गुरुङ (नेपाल), पुकार गुरुङ ९हङकङ०, किशोर गुरुङ (हङकङ), ज्ञान थापा(हङकङ) र झरना कुमार थापा ९हङकङ० लगायत कोरिया, युके, जापान, युएई र अष्ट्रेलियाका गरि दर्जनभन्दा धेरै ब्यक्तिहरुले निर्माण गरेको देखिन्छ। चलचित्र प्रदर्शन पश्चात दर्शकहरुले चलचित्र गुरुङ संस्कृतिमा आधारित बनेको र कुलतमा फसेका युवाहरुलाई शिक्षा मुलक रहेको भन्दै छोटो मिठो र माया प्रेम सम्बन्धि रहेको पनि बताए।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %