आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो १७ औ स्थापना दिवस देश भर मनाउदै

Read Time:1 Minute, 40 Second

देब पचभैया

काठमाण्डौ, श्रावण २७ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले बिहिबार आफ्नो स्थापनाको १७ औ स्थापना दिवस काठमाण्डौ लगाएत देश भर बिबिध कार्यक्रमका साथ मनाउदैछ ।

फोनिज केन्द्र लगाएत देशभरका ४५ जिल्ला शाखा र बिदेश शाखाहरुले पनि दिवसलाई भब्य रुपले मनाउन लागेको केन्द्रिय महासचिब गजुरधन राईले जानकारी दिनुभयो ।

यसै बिच आदिबासी जनजाति महासंघ फोनिजले प्रदान गर्दै आएको आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार यस बर्ष छापा, रेडियो टेलिभिजन  अनलाईन मध्ये ३ जनालाई प्रदान गरिने भएको छ । फोनिजका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्गका अनुसार छापा तर्फ मिरा अमात्य राजभण्डारी, रेडियो टेलिभिजन तर्फ बुद्ध योन्जन तामाङ्ग र अनलाईन तर्फ देव कुमार सुनुवार लाई पुस्कृति गरिने भएको हो ।

पुरस्कारका लागी ४५ जिल्ला शाखा तथा बिदेश शाखा र जातिय सस्थाबाट शिफारिश सहित प्राप्त विवरण र केन्द्रबाट समेत पत्रकारहरुको नामावली पुरस्कार छनोट समितिलाई उपलब्ध गराएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %