कमल चौधरी
बुटवल,साउन २५- “पहिचान सहितको संघीयता घोषणा गर, मातृभाषामा शिक्षा पाउने अधिकार सुनिश्चित गर, सम्पूर्ण आदिवासी जनजाति एक हौं, एक हौं ।” भन्दै निस्किएको र्यालीले मंगलबार बुटवल बजार नै घन्कीएको छ । २२ औं विश्व आदिवासी दिवस मनाउने क्रममा हजारौंको संख्यामा गाउँ–गाउँ, क्षेत्र, नगरबाट आएका आदिवासी जनजातिहरुको नारा र बाजागजाले बुटवल बजार घन्कीएको हो ।

उनीहरुले आ–आफ्नो भेषभुषा, संस्कृति झल्कीने पहिरनका साथ बुटवल बजार परिक्रमण गरेका थिए । बुटवल बजार परिक्रमण गर्ने क्रममा र्याली मिलन चोक, बसपार्क, वीपी चोक हुदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा मगर, थारु, गुरुङ्ग, थकाली, भुजेल, तमाङ्ग, राई, लिम्बु लगायतका समुदायको सहभागिता रहेको थियो । नेपाल आदिवासी जनजाति जिल्ला समन्यव परिषद् रुपन्देहीको अयोजना रहेको उक्त कार्यक्रम विभिन्न एकल जतिया संघ–सस्थाहरुको भेषभुषा र संस्कृतिले बुटवल बजार सिङ्गारीएको थियो । “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान ! अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ बुटवलमा आदिवासी दिवस मनाईएको हो । विगत लामो समयदेखि अन्दोलित आदिवासी जनजाति आफ्नो अधिकार र पहिचानको लागि यस बर्ष बुटवलको ट्राफिक चोकको खुला सडकमा आदिवासी दिवस मनाए ।
उनीहरुले राज्यलाई दवाव दिने उद्देश्यले आफूहरु बीच सडकमा कार्यक्रम गरी आदिवासी जनजाति दिवस मनाएको नेपाल आदिवासी जनजाति महासंघका जिल्ला समन्वय समितिका अध्यक्ष दल बहादुर छन्त्यालले बताउनुभयो । त्यस्तै थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष शतिस चौधरीले आदिवासी जनजाति समुदायको हक अधिकार जुनसुकै हालतमा स्थापित गर्नकै लागि विभिन्न गाउँ–गाउँबाट आवजहरु उठाउदै आएको जनकारी दिनुभयो ।
भने नेपाल मगर संघका जिल्ला क.अध्यक्ष गिता सारुले अधिकार र पहिचान, धर्मनिरपेक्ष स्थापित गर्न आदिवासी जनजाति जुनसुकै मुल्य चुकाउन तयार रहेको बताउनुभयो । आदिवासी जनजाति महासंघ समन्वय समिति रुपन्देहीका सचिव ज्ञानेन्द्र भुजेलले अब पहिचान नभएसम्म अदिवासी जनजातिहरुको अन्दोलन नरोकिने जनकारी समेत गनर्’भयो ।
उहाँले अधुरो अपुरो संविधान छिट्टै टुङ्गयाउनुपर्ने बताउनुभयो । र्यालीमा पहिचान सहितको संघीयता, धर्मनिरपेक्षता, पहिचान सहितको संघीयता घोषणा गर, राज्यको हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेण्टी गर, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको सुनिश्चित गर, आईएलओ १६९ लागू गर र आदिवासी जनजाति महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर लगायतको पहिचान सहितको संघीयताको माग गर्दै चर्किएको नाराले बुटवल बजार नै घन्किएको थियो ….।
