मगर संघ हङकङको १९ औं बार्षिक उत्सब सम्पन्न

Read Time:4 Minute, 6 Second

भिम बरही मगर, ७ अगष्ट हंगकंग, मगर संघ हङकङको १९ औं बार्षिक उत्सब याउ मा तेइ कम्युनिटी हलमा “आजको आवश्यक्ता, मगरहरूको एकता । बिश्वको मगरहरू एक हौं, हाम्रो भाषा संस्कृतिलाई संरक्षण गरौं” भन्ने मुल नाराका साथ सम्पन्न भएको छ । संघका निबर्तमान उपाध्यक्ष श्री प्रेम बहादुर थापा मगरले प्रमुख आतिथ्य ग्रहण गर्दै  सम्बोधन गरेका थिए । नेपाली महासंघ हङकङकी अध्यक्ष रिता गुरूङ तथा आदिवासी जनजाति महासंघ हंगकंगमा अध्यक्ष एम वि थापा मगरले बिषेश अतिथ्य ग्रहण गरेका थिए । अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरूले अतिथ्य ग्रहण गरेका थिए । सघंकी अध्यक्ष चन्द्रा ज्योति आले मगरको अध्यक्षतामा महासचिब बोध बिक्रम थापा मगरको सञ्चालनमा उपाध्यक्ष थल श्रीस मगरले स्वागत मन्तब्य दिएका थिए । आजिवन सदस्यहरूलाई ताम्रपत्र प्रदान गरीएको थियो ।  बिभिन्न क्षेत्र तथा बिधाहरूमा सफल भएका तर संघलार्इ बिशेष योगदान पुर्याउने ब्यक्तित्वहरूलाई कदरपत्रले सम्मान गरिएको थियो ।

शिक्षा क्षेत्रबाट 
(1) गोबिन राना मगर MBA (Finance) 
Studied:- Sona school of management Tamil Nadu India. 
Teaching:- City university of HK (Finance) 
(2) ईन्द्र पुर्जा पुन मगर (Taxation Account) 
(3) बल सिं राना मगर (Bachelor degree electric & Communication engineer (City University HK) 
(4) साबित्री गर्बुजा पुन मगर (Nursing) 
(5) राम पुन मगर (Computer Engineer) 
(6) संदिप पुन मगर Royal Brisbane International collage (Advance Diploma of Hospitality) 
(7) तुल्सी पुन मगर (Diploma of secondary education Finance from London) 


समाजिक क्षेत्रबाट (1) देवान सिं पुन मगर (अध्यक्ष, बाग्लुङ समाज हङकङ) (
2) चित्रकला थापा मगर (कोषाध्यक्ष, मगर महिला संघ हङकङ) 
(3) सर मायां अर्मजा पुन मगर (समाजसेबी) 



भातृसंस्थाबाट (
1) जस चोचाङ्गी मगर (अध्यक्ष, पुन मगर समाज हङकङ) (
2) गोपाल थापा मगर (अध्यक्ष, लाङघाली कल्याण समाज हङकङ) 



ब्यवसायी क्षेत्रबाट (1) पोषन थापा मगर (युनिभर्सल ईन्सटिच्युट हङकङ) 



कला क्षेत्रबाट
 (1) मिना राना मगर (भुपु अध्यक्ष, मगर रोष गुमाष्ठा हङकङ) (
2) होम श्रीष मगर (अध्यक्ष, नौमती बाजा मगर संघ हङकङ) 



 खेलकुद क्षेत्रबाट
 (1) ज्ञान बहादुर बुढा मगर (फुटबल)



पहिलो चरणको औपचारिक कार्यक्रमको समापन पश्चात दोश्रो चरणको बन्दसत्र कार्यक्रम संघका सचिब सुमन थापा मगरले सञ्चालन गरेका थिए । संघको सांगठनिक प्रतिबेदन महासचिव बोध बिक्रम थापा मगरले र  कोषाध्यक्ष निलम थापा मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन । जिन्सी तथा सम्पत्ती बिभाग प्रमुख द माया पुन मगरले जिन्सी सम्पत्ती प्रतिबेदन प्रस्तुत गरेकी थिइन । मगर महिला संघबाट संघकी अध्यक्ष युगमाया राना मगरको रोहबरमा कोषाध्यक्ष चित्रकला थापा मगरले संघको लेखा तथा कार्य प्रतिबेदन प्रस्तुत गरेकी थिइन ।  मगर रोष गुमाष्ठा हङकङबाट संघका कार्यबाहक अध्यक्ष सञ्जु थापा मगरको रोहबरमा कोषाध्यक्ष मति श्री पुन मगरले लेखा तथा कार्य प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %