नेपाल मगर संघ बैदाम एकाइ अध्यक्षमा पुनः ह.क्या. थापा

Read Time:3 Minute, 14 Second

रूद्र श्रीसमगर

पोखरा, २२ साउन

नेपाल मगर संघ बैदाम एकाइ समितिको अध्यक्षमा पुनः ह. क्या. रूद्र बहादुर थापा मगर चयन भएका छन ।

शनिबार सम्पन्न छैठौं अधिवेशन तथा १२ औं वार्षिक साधारण सभाबाट क्या. थापा अर्को कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा लव कुमार राना मगर, सचिवमा लोक बहादुर राना मगर, सह–सचिवमा ज्ञान बहादुर थापा मगर, कोषाध्यक्षमा ह. क्या. चिन बहादुर थापा मगर र सह–कोषाध्यक्षमा जीवन थापा मगर चयन भएका छन । त्यस्तै, सदस्यहरूमा खड्क बहादुर थापा मगर, रूद्र बहादुर थापा मगर, नन्द कुमारी राना मगर, खुम बहादुर थापा मगर, ओम बहादुर थापा मगर र चन्द्र बहादुर थापा मगर रहेका छन ।

त्यसैगरी, उपसमिति सदस्यहरूमा सीता थापा मगर, बाल कुमारी थापा मगर, मन माया राना मगर, डिल माया राना मगर, हुमा आले मगर, राजु थापा मगर, टीका थापा मगर र जुन माया थापा मगर चयन भएका छन । यसैबीच, नेपाल मगर महिला संघ बैदाम एकाइ समितिको अध्यक्षमा जुना रानामगर चयन भएका छन ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका उपाध्यक्ष मेजर प्रेम बहादुर थापा मगरले पछिल्लो समयमा मगर समुदाय सचेत बन्दै गएको बताए । तल्लो तहबाटै क्षमता विकास गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै थापा मगरले अब मगर समुदायले पनि राज्यका हरेक निकायमा पहुँच पु¥याउन जरुरी रहेको उल्लेख गरे ।

सो अवसरमा नेपाल मगर संघ कास्कीका सचिव याम बहादुर थापा मगर, नेपाल मगर महिला संघ कास्कीका वरिष्ठ उपाध्यक्ष नुनु राना मगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्र बहादुर श्रीस मगर, नेपाल मगर संघ बैदाम एकाइ समितिका पूर्व अध्यक्ष सु. राम बहादुर राना मगर लगायतले बोलेका थिए ।

अध्यक्ष ह. क्या. रूद्र बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लोक बहादुर रानामगरले गरेका थिए भने उपाध्यक्ष लव कुमार राना मगरले स्वागत गरेका थिए । यसै बीच साधारण सभाले सचिव लोक बहादुर राना मगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष ह. क्या. चिन बहादुर थापा मगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %