थारूहरूले मनाए नाग पञ्चमी पर्व !

Read Time:2 Minute, 30 Second

गोविन्द घर्ती

रूपन्देही ,साउन २३ –  भाषा, संस्कार र सस्कृति देशको गहना भएकाले यसको संरक्षण गर्ने जिम्मेवारी सवैको भएको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

उनीहरुले भाषा, संस्कार र सस्कृतिको संरक्षण विना जातीय पहिचान हुन नसक्नेमा जोड दिएका थिए । थारुकल्याणकारिणी सभा देवदह नगर समितिले नाग पञ्चमीको अवसरमा देवदहको भलुहीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सोही कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभा रुपन्देहीका उपाध्यक्ष सतिस चौधरीले नेपालमा रहेका जातजातीको भाषा, संस्कार र सस्कृतिको संरक्षण गर्न राज्यले पहल गर्नु पर्नेमा जोड दिनु भरुपयो । उहाले अधिकार प्राप्त गर्नको लागि सवै एकजुट हुनुको कुनै विकल्प नभएको बताउनु भयो ।

थारु कल्याणरिणी सभा देवदह नगर समितिका उपाध्यक्ष चन्द्रिकाप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु संग्राहलयका अनिरुद्र चौधरी, देवदह नगर पालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, सभाका सल्लाहकार केशव खवास, रेडियो देवदहका स्टेशन म्यानजेर भिमप्रसाद गुरुङ्ग, देवदह साप्ताहिकका प्रकाशक त्रिलोचन दहाल, नेपाली काग्रेसका  जिल्ला सदस्य वासुदेव रिमाल, नेकपा एमालेका नगर सचिव केशव भट्टराई, रामकुमार चौधरी, पल्टन थारु, टोपबहादुर थापा, ऋषिराम सापकोटा, अर्जुन गौतम, केशव पराजुली, निरबहादुर शाहनी, विष्णु थापा, रुका सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

वडा नं १० का अध्यक्ष रुक्मा चौधरीको स्वागत र सचिव दिनेश चौधरीको संचालनमा भएको कार्यक्रममा स्थानीय कलाकारहरुले आ–आफनो कला प्रस्तुत गरेका थिए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %