जनजाति महासंघ पाल्पाको दोस्रो बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 10 Second

देव पचभैया

पाल्पा, श्रावण २४ – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, पाल्पाको दोस्रो बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

बैठकमा आदिवासी जनजाति महासंघ अन्र्तगतका सम्पूर्ण जातिय संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । त्यस्तैगरी मगर गुठी÷भेजाका प्रमुख तथा प्रतिनिधिको पनि सहभागिता रहेको थियो । बैठकमा आदिवासी जनजाति महासंघ, पाल्पाका पूर्ब सल्लाहकारहरू बल बहादुर राना, गिर बहादुर थापा, भोग बहादुर थापा, अजयमान कर्मचार्य, नबिन थापा, पूर्ब सभाषद लिला सोमै, पूर्ब अध्यक्ष गम बहादुर थापा, नेपाल मगर महिला संघका पूर्ब अध्यक्ष पुष्पा थापा लगायतले सफल कार्यकालको सुभकामना दिदै बिगतका समितिको बिरासत भन्दा माथी उठेर काम गर्र्न नयाँ कार्यसमिति लाइ  सुझाब दिनुभयो । साथै उहाहरूले पाल्पा जिल्लाको आदिवासी जनजाति आन्दोलनलाई सहि दिशामा अगाडी बढाउन पनि अनुरोध गर्नुभयो ।

बैठकले यही श्राबण २५ गते हुन गैरहेको २२ औ बिस्व आदिवासी दिबश भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । जसका लागि बिभिन्न उप–समितिरू गठन गरेको छ । केहर सिंह रानाको संयोजकत्वमा बिस्व आदिवासी दिवश मुल समारोह समिति, प्रेमसागर शाहीको संयोजकत्वमा ब्यबस्थापन उप–समिति, जहर सिंह सारुको संयोजकत्वमा झाकी र्याली उप–समिति, तेज घर्ति मगरको संयोजकत्वमा सांस्कृतिक उप–समिति, राम बहादुर गरंजा (एस.कुमार) नेतृत्वमा प्रचार प्रसार उप–समिति, नेपाल मगर महिला संघको नेतृत्वमा अतिथि सत्कार उप–समिति रहेको छ । बैठकले बिश्व आदिबासी दिवसको कार्यक्रममा पाल्पा जिल्लामा रहेका सम्पूर्ण  आदिवासी जनजातिहरूलाई  सहभागी हुन अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले संस्थाका पूर्ब अध्यक्ष गम बहादुर थापा र निबर्तमान अध्यक्ष त्रिरत्नलाल शाक्यसंग संस्थागत रुपमा बरबुझारत गर्नको लागी छिटो पहल गर्ने निर्णय गरेको छ । बैठक संस्थाका सचिब राम बहादुर गरंजा (एस.कुमार) को सञ्चालन र अध्यक्ष केहर सिंह रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %