मगर विद्यार्थी संघको ९ औं महाधिवेशन मोरङमा हुने

Read Time:3 Minute, 12 Second

दिपा आलेमगर

काठमाडौं, २३ श्रावण – नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको सचिवालय बैठक शनिबार २२ गते सम्पन्न भएको छ ।

बैठकमा संगठनको महत्वपूर्ण विषयमा निर्णय गरेको हो । संघको सचिवालय बैठक लगतै संगठनलाई चुस्तदुस्त बनाउन सल्लाहकारहरु बीच बैठक गरेको थियो । पदाधिकारी र सल्लाहकार बिच संघको ९ औं राष्ट्रिय महाधिवेशन, राष्ट्रिय प्रशिक्षण कार्यक्रम, केन्द्रीय समितिको सातौं पूर्ण बैठक, संगाठनिक अनुशासन, मगर आवाज प्रकाशन, संगठन विस्तार र विविध विषयमा ब्यापक छलफल भएको थियो ।

 

 

 

पदाधिकारी र पूर्व अध्यक्ष एवं सल्लाहकार बिचको बैठकले संघको ९ औ। राष्ट्रिय महाधिवेशन माघको १५,१६ गते मोरङ जिल्लाको सुन्दर नगरी लेटाङ नगरपालिकामा हुने निर्णय गरेको हो । त्यसैगरी बैठकले मगर विद्यार्थीहरुलाई सांगठनिक रुपमै बलियो बनाउने उद्देश्यले देश भरकै मगर विद्यार्थीहरुलाई प्रतिनिधिमुलुक ढंगले सहभागी गराई राष्ट्रिय प्रशिक्षण कार्यक्रम भाद्र २४ र २५ गते गर्ने तय भएको छ ।

सोही राष्ट्रिय कार्यक्रम लगत्तै २५ गते कार्यक्रम सम्पन्न भएपछि संघको सातौ पूर्ण बैठक बस्ने निर्णय गरियो । बैठकमा संघको मुख पत्र मगर आवाज दशै अगाडि निकाल्ने निर्णय गरिएको छ भने बैठकमा सांगठनिक अनुशासन, संगठन विस्तार, भखैरै मात्र इजिप्टमा भएको तेकान्डु ओल्ड फेडेरेसन च्याम्पेन्सीप २०१६ खेलमा रजत पदक जित्न सफल संघका उपाध्यक्ष गगन पुनमगरलाई संघको तर्फबाट शुभकामना बधाई व्यक्त गरिएको हो ।

बैठकमा सल्लाहकारहरु अधिवक्ता गौ बहादुर आलेमगर, पूर्व अध्यक्ष राम बहादुर थापामगर, भोजविक्रम बुढामगर, पूर्व उपाध्यक्ष एवं सल्लाहकार उमा थापामगर, पूर्व अध्यक्ष एव सल्लाहकार माधव दर्लामीमगर, निःर्वतमान अध्यक्ष एवं सल्लाहकार रेनुका काउचामगरको उपस्थिति रहेको थियो । त्यसैगरी पदाधिकारीहरु संघका वरिष्ठ उपाध्यक्ष कमल थापामगर, उपाध्यक्षहरु घनि घर्तिमगर, गगन पुनमगर, सचिव विशाल रानामगर, कोषाध्यक्ष कोकिल अस्थानीमगरको महत्वपूर्ण भूमिका रहेको थियो ।

संघको अध्यक्ष दिपा आलेमगरको अध्यक्षता बसेको बैठकको सहजिकरण महासचिव गोम रानामगरले गरेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %