बुहारी संघद्वारा राहात वितरणस

Read Time:1 Minute, 6 Second

सोनु थापा मगर

बुटवल । नेपाल मगर बुहारी संघ बुटवल–१० सुख्खानगरले प्युठानका पहिरो पीडितलाई राहात उपलब्ध गराएको छ । प्युठान रुपन्देही सम्पर्क मञ्चमार्फत संघका अध्यक्ष ज्योती थापा मगरले शुक्रबार राहातका सामग्री हस्तान्तरण गरेकी हुन । संघले करीब तीन क्विन्टल चामल, तेल, दुई क्विन्टल आँटा, दुई क्विन्टल नुन, चार पेटी चाउचाउ, बिस्कुट, चिउरा, भुजा सोयाविन लगायतका खाद्यान्न सामग्री मञ्चममार्फत उपलब्ध गराएको हो ।

संघका पदाधीकारीहरु चुचुमाया दर्लामी, माया सारु, पुनम रजाली, नेपाल मगर संघ बुटवल नगर समितिका सचिव थर्क बहादुर बाह्रघरे, पानसीरी थापा मगर लगायतका
समाजसेवीहरुको उपस्थितिमा राहात बितरण गरिएको हो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %