सनु थापा मगर
बुटवल , साउन १८ विश्व आदिवासी दिवस २०७३ को सप्ताहव्यापी कार्यक्रमहरु एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देही प्रचार–प्रसार समितिले मंगलबार बुटवलमा पत्रकार भेटघाट गरि सप्ताहव्यापी कार्यक्रम सार्बजनिक गरेको हो । महासंघले सप्ताहव्यापी कार्यक्रम अन्तरगत श्रावण २० गते लुम्बिनी अञ्चल अस्पतालमा बिरामीलाई फलफुल बितरण,२२ गते रक्तदान,२३ गते शुभकामना तथा अन्तरक्रिया,२४ गते दिवस तयारी अन्तिम बैठक र २५ गते दिवस मुल समारोह कार्यक्रम गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
कार्यक्रमको पूर्व सन्ध्यामा शहिदको सम्मानमा बुटवलको लखनचोक चौराहमा रहेको प्रथम शहीद लखन थापा मगरको शालिकमा माल्याणर्पण गरेर ¥यालीको शुभारम्भ गर्ने र बुटवल बजार परिक्रमा गरि बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत हुंने महासंघले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा आदिवासी जनजाति आन्दोलनका अगुवा के.बी.गुरुङ प्रमुख अतिथिका रुपमा आउनु हुने महासंघले जनाएको छ । कार्यक्रम मूल समारोह प्रचार बिभाग संयोजक टेकबहादुर मास्कीरानाको अध्यक्षता,सदस्य सोनु थापामगरको सञ्चालनमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ,जिल्ला समन्वय परिषद्,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल,उपाध्यक्ष बिमला गुरुङ,सचिव ज्ञानेन्द्र भुजेल,थकाली सेवा समिति,बुटवल क्षेत्रका अध्यक्ष शिवप्रसाद शेरचन,नेपाल तामाङ घेदुङ,रुपन्देहीका अध्यक्ष वीरबहादुर लामा लगायतले बोल्नु भएको थियो ।
महासंघले ९ अगष्ट (श्रावण २५ गते मंगलबार) का दिन २२ औं विश्व आदिवासी दिवस मनाउंने तयारी गरेको हो । यसपटक “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ दिवस मनाउन तयारी गरेको छ ।
