मगर भाषा प्रतिष्ठान कास्की शाखाको दोस्रो अधिवेशन भदौ ११ गते हुने

Read Time:1 Minute, 48 Second

रूद्र श्रीसमगर

पोखरा, १७ साउन

मगर भाषा प्रतिष्ठान कास्की शाखाको दोस्रो अधिवेशन तथा छैठौं वार्षिक साधारणसभा आगामी भदौ ११ गते हुने भएको छ ।

प्रतिष्ठानको सोमबार साँझ सम्पन्न बैठकले दुई बर्से कार्यकाल पूरा भएकोमा अधिवेशनको मिति निश्चित गरेको हो । बैठकले अधिवेशनमा प्रस्तुत गर्ने प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी क्रमशः सचिव रूद्र बहादुर श्रीसमगर र कोषाध्यक्ष मीना थापामगरलाई दिएको अध्यक्ष फूल कुमारी थापामगरले जानकारी दिइन ।

साथै, बैठकले २२ औं विश्व आदिवासी दिवस अगष्ट ९ का अवसरमा यही साउन २५ गते ‘मगर भाषाको मानक लेखन तथा क्षेत्रीय भेदसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । सो अन्तरक्रियामा मगर भाषाका विज्ञ एवं वरिष्ठ साहित्यकार मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोक बहादुर थापामगरले कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षण दिनेछन । त्यस्तै, बैठकले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान उपाध्यक्ष एवं नेपाल मगर संघका पूर्व अध्यक्ष झक बहादुर थापामगरकी श्रीमती फूल माया थापामगरको निधन भएकोमा शोकप्रस्ताव समेत पारित गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %