गोविन्द घर्ती मगर
साउन,१५ – रुपन्देहीको देवदहमा वाढी पिडितहरुलाई राहत वितरण गरेको छ । केही दिन देखि अविरल रुपमा आएको पानीले देवदह क्षेत्रमा पुर्याएको क्षतिको अवलोकन गरी वाढी पिडितहरुलाई राहत वितरण गरेको हो । १९ घरपरिवा वाढी पिडितहरुलाई विपद् व्यवस्थापन समिति देवदह, नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखा, नेपाल अविनास सामाजिक सेवा संस्थाले वाढी पिडित घरपरिवारलाई राहत वितरण गरेको हो ।
३० किलो चामल, ५ किलो दाल, २ लिटर तेल, आलु, प्याज, ट्रिपाल, गुन्द्री, लत्ताकपडा, भाडाकुडाहरु वाढी पिडितहरुलाई प्रदान गरेको नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सचिव जयकिशन अधिकारीले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका अध्यक्ष गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति प्रेमदास उदास, नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खडकबहादुर विक, देवदह नगर नगरपालिकाका प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थी, रक्त सञ्चार केन्द्रका संयोजक मित्रलाल न्यौपाने, नेपाली काग्रेस देवदहका सभापति गुणखर भूर्तेल, नेकपा माओवादी केन्द्रका मेघनाथ पौडेल, विपद् व्यवस्थापन समितिका प्रकाश अर्याल लगायतले बोल्दै विपदुमा परेकाहरुको उद्दार नै धर्म भएको बताउनु भएको थियो । शोसाईटी देवदह उपशाखाका उपसचिव चक्रपाणी तिवारीको स्वागत र उपाध्यक्ष कृष्णप्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
