दक्षिण कोरियामा भएको सडक दुर्घटनामा पाल्पाका एक युवाको मृत्यु

Read Time:1 Minute, 25 Second

देब पचभैया

 काठमाण्ठौ, श्रावण १५- दक्षिण कोरियामा शनिबार बिहान भएको सडक दुर्घटनामा परि पाल्पाका ३१ बर्षिय हेमन्त आचार्यको ज्यान गएको छ । खावान्दो बन्जुमा भएको कार दुर्घटनामा परेर आचार्यको ज्यान गएको नमस्ते पाल्पा परिवारका अध्यक्ष सुशिल गाहाले जानकारी दिनुभयो ।

पश्चिम पाल्पाको सिद्धेश्वर का  आचार्य पाच बर्ष कोरिया बसेर नेपाल फर्किएको र सिबिटी  परिक्षा दिएर पुन ७ महिना अघि कोरिया पुगेको दक्षिण कोरीया रहेका डोल बहादुर आलेले जानकारी दिनुभयो । आलेका अनुसार आचार्यले ६ महिना अघि मात्रै बिहे गरेर थिए । गाडी मर्मत गर्ने कम्पनीमा कार्यरत हेमन्त कोरियामा गर्मी बिदा शुरु भएकाले अर्के कम्पनीमा कार्यरत पाचथरका सुभास मुखिया संग घुम्न निश्किएका थिए । दुर्घटनामा गंभिर घाईते मुखियाको अवस्था पनि चिन्ता जनक रहेको बताईएको छ । उनको खिदोक बन्जुअस्पतालमा उपचार भैरहेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %