जिविस र बिधुत्त कार्यालय बिच कमिशनको लडाईले गाउलेले बिजुली बाल्न पाएनन्

Read Time:2 Minute, 59 Second

देब पचभैया

 पाल्पा, श्रावण १५-जिल्ला बिकास समिति र बिधुत प्राधिकरण पाल्पा बितरण केन्द्रको आन्तरिक द्धन्द्धले पाल्पाका ३ गाविस ठिमुरे, कसेनी र कोलडाडाका जनताले पोल गाडेर तार  तानेको ४ बर्ष भैसक्दा पनि  बिजुली बाल्न पाएका छ्रैनन् ।  जिल्ला विकास समितिले खरिद गरेको काठका पोल र तार गुणस्तरका नभएको भन्दै बिधुत्त कार्यालयले उति बेला देखि नै लाईन दिन नमानेपछि समस्या भैरहेको हो । घण्टौ बोकेर गाउमा पोल लगेको, ऋण खोजेर घरमा वाएरिङ गरेको तर अहिले सम्म  बिजुली बाल्न नपाएको भन्दै स्थानियले  पटक पटक गुनासो गर्दे आएका छन् ।

बिधुत प्राधिकरण  पाल्पाले बिजुलीका पोल र तार खरिद गर्ने जिम्मा आफुहरुको भएको  र त्यसको लागी आवश्यक ज्ञान हुनुपर्नेमा भएपनि जिल्ला बिकास समितिले कमिशनको चक्करले गुणस्तर हिन पोल र तार खरिद गर्दा आफुहरुले लाईन छोड्न नसकेको अडान लिदै आएको छ ।

तर जिविसले भने बिधुत कार्यालको अनावश्यक हठले गर्दा गाउका जनताले बिजुली बाल्न नपाएको बताउदै आएको छ ।

  प्रशासनले बनायो छानबिन समिति

जिल्ला बिकास समिति पाल्पाको दुई दिने बार्षिक समिक्षा गोष्ठीको अन्तिम दिन शुक्रबार बिजुलीको समस्या समाधानका लागी कुनै निर्णय नभए कार्यक्रमको समापन हुन नदिने सहभागीहरुले अड्डी लिएपछि छानबिन र समस्या समाधानका लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ३ सदस्सिय समिति निर्माण भएको छ ।

१ महिना भित्र आवश्यक अध्ययन र सुझाब दिने गरी कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख र रुपन्देही बिधुत्त कार्यालयका एक जना  ईन्जिनियर रहने गरी समिति निर्माण भएको स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद पाण्डेले जानकारी लिुनभयो । समिक्षात्मक बैठकमा पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जिविस र बिधुत कार्यालय बिचको द्धन्द्धले समस्या उब्जिएको भन्दै आवश्यक अनुसन्धान पछि समस्या समाधानका लागी पहल थाल्ने बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %