राष्द्रिय जनमुक्ति पार्टी संघीय परिषदको बैठक सुरु

Read Time:2 Minute, 53 Second

संजय सिंजाली मगर,

काठमाण्डौं, श्रावण १४ राष्द्रिय जनमुक्ति पार्टी संघीय परिषदको बैठक धोबीघाट स्थित सिद्धार्थ कटेज आज देखि सुरु भएको छ ।

बैठक ३ दिन सम्म चल्ने छ । पार्टीका अध्यक्ष्ँ खड्क प्रसाद पालुङगाको अध्यक्ष्ँतमा बर्तमान राजनितिक समसमायिक बारेमा पार्टीले छलफल गर्ने छ । पार्टीका सस्थापक अध्यक्ष्ँ तथा संरक्षक एम. एस थापा मगर प्रमुख अतिथि थिए भने सहअध्यक्ष्ँ मानधोज ब्योलोन तामाङले स्वागत मन्तव्य राखेका थिए । पा“चौ महाधिवेशनको पहिलो संघीय परिसदको बैठक को उट्घाटन गर्दै प्रमुख अतिथि थापाले पार्टी छोडेर जाने नेता तथा कार्यकर्तालाई पार्टीमा नभित्रयाउने र बहिस्कार गर्ने भन्दै मन्तव्य राखेका थिए । पार्टीको आधिकारीक website:www.janamukti.org पनि थापाले उद्धघाटन गरेका थिए ।

पार्टीका बरिष्ट नेता डिके बुद्धिस्टले पनि आफ्नो छोटो मन्तव्य राखेका थिए । आजको कार्यक्रममा लाहुर निपका सचिव तथा कानुनबिद शंकर लिम्बुले नया“ संविधान बारे प्रशिक्ष्ँण दिएका थिए साथै कानुनबिद चेत बहादुर आलेले सहजिकरण गरेका थिए ।

बैठकले पार्टीको भावी आर्थिक योजना साथै पा“चौ माहाधिवेशनको प्रतिवेदन पार्टीका केन्द्रिय कोषध्यक्ष्ँ डब बहादुर गरबुजा मगरले प्रस्तुत गरेका थिए । जसमा आम्दानी तर्फ १४ लाख ७२ हजार २ सय रुपैया र खर्च तर्फ १० लाख ८५ हजार १३७ छ भने टोटल ब्यालेन्स २ लाख ८ हजार बचेको जानकारी दिए ।

बाँकी काम विभाग गठन, संघीय माहासंघ र संघीय परिषद सदस्य मनोनित गर्ने बारे र पार्टीको अक्षयकोष खडा गर्ने, पार्टीको भावी कार्यदिशा बारे धनिभुत छलफल गर्ने भएको छ । बैठक श्रावण १६ गते सम्पन्न हुनेछ ।

केन्द्रिय समितिको बैठक चल्दै गर्दा बेलायत बाट आएका नरप्रसाद लिम्बु (सधेङहिम) , अमृता पालुङगा सहित ३ जनालाई पार्टीका संस्थापक अध्यक्षले पार्टीमा प्रवेश गराएका थिए ।  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %