बहुचर्चित लोक गायक प्रसाद खप्तरी मगर भन्छन्- “प्रगतीका लागी अझै परिश्रम गर्न बाकी छ”

Read Time:6 Minute, 22 Second

राज्यसत्ता

प्रसाद खप्तरी मगर पछिल्लो समयका चल्तीका लोक गायक हुन् । छोटो समयमै लोकप्रिय बन्न सफल खप्तरी स्वदेश मात्रै होइन बिदेशमा पनि आफ्नो प्रतिभा देखाउन पुगेका छन । बिशेष गरी मगरी सस्कृतिमा आधारित सालै जो, सोरठी, ठुलोनाच, झ्याउरे लगाएतका गितमा स्वर भरेका गुल्मेली गायक खप्तरी मगर नेपालका प्राय सबै स्थानमा गित गाउन पुगेका छन । राज्यसत्ता डट कम संगको संक्षिप्त कुराकानीमा लोक गायक प्रसाद खस्तरीले अगाडि बढ्न अझै धेरै मिहिनेत बाकी रहेको बताएका छन ।

को हो प्रसाद खप्तरी मगर ?

गुल्मीको लिम्घा वडानं ६ काफलडाँडामा बाबा प्र.अ. तिलक खप्तरी मगर आमा पूर्णकला खप्तरी मगरको जेष्ठ सुपुत्रको रुपमा जन्मलिई त्यहाँको संस्कृतिमय समुदाय भिरपाखामा सुस्केरा हाल्दै हुर्किएर हाल बाबा आमाको सपनालाई वेवास्ता गर्दै आफ्नै सपना बोकी मौलिक गीत संगीतलाई आधार मान्दै सफल गायक बन्ने धुनमा लागेको एउटा गीत संगीतको विद्यार्थी हुँ ।

पढाई ?

एसएलसि सम्म लिम्घामै अध्ययन गरी बाबाआमाको इच्छा अनुरुप राम्रो स्वास्थ्यकर्मी बन्नको निम्ती तम्घासमा सिएमए कोर्स पासगरी केही समय बिरामीको सेवामा मेडिकलमा बिताई उच्च शिक्षा ११,१२ तानसेन पाल्पामा पासगरि स्नातक तह पोखरामा सकाए ।

कसरी लोक गीत संगीतमा आईयो ?

सायद जन्मदै त्यो गुण लिएर आएर पनि होला । मेरो घर परिवार, समाज नै संगीतमय छ गाउँमा मेला, पर्व, विवाह भोज भटेरमा बुढापाका देखी बच्चा सम्मका सबै आफन्तहरुसंग गाउने, नाच्ने संस्कारले पनी त्यो गीत संगीतको नशा विस्तारै लाग्यो र त्यो क्रम भैरहेकै छ । त्यहाँबाट पनि धेरै प्रेरणा मिलेको छ । स्कुल अनि क्लबमा रहँदा पनि प्रतियोगिताहरुमा भाग लिई राख्थे । पछि क्याम्पस लेवलमा आउँदा झन् म भएको ठाउँमा सांगीकि माहौल बनिहाल्थ्यो । विस्तारै धेरैको हौसलाले मलाई झनै उत्साहीत बनाउथ्यो ।
तानसेनको बसाई सकेपछि मेरो संगीत प्रतिको उत्साहीत मनलाई तृष्णा मेटाउन चाहन्थे केहीगर्न चाहन्थे संगीतमा, तर कहाँ कसरी भन्ने अन्यौल भयो त्यही समयमा पोखरामा रहनुहुने आदरणीय शिव थापा मगर दाईको सल्लाह र सुझावले मलाई पढ्ने निहुमा गीत गाउने सपनाले पोखरा ल्यायो । दाईसंगै बसी पोखरा संग र पोखराको सांगीतिक माहौलमा घुलमील हुन लागे । केही समयपछि २०६९ सालमा जिवन गुरुङ दाईको सहयोगमा व्यावसायिक कलाकार हुने प्रयास गर्न गाउँशहर दोहोरी साँझबाट औपचारिक गायन शुरु गरे र गायक तथा नायक मनसुधन थापा दाई लगायत थुप्रै अग्रजहरुको साथ, स्रोताहरुको माया घर परिवार, गाउँको, आफन्तहरुको माया र सहयोगले यहाँ सम्म ल्याएको छ । यो माया सदैव पाईराखुँ ।

कुनकुन एल्बम आए र आउँदैछन् ?

१. हेर्नै हुन्न मैले पहिलो गीत– स्वर– प्रसाद खप्तरीमगर, देवी घर्तीमगर लय संग्रह– सञ्जय पुनमगर ।

२. शिरफुल– सालैजो, सोरठी र दोहोरी गीति संग्रह सत्यवती सोरठी सांस्कृतिक समुह लिम्घा ६ गुल्मीको प्रस्तुुतीमा स्वर– प्रसाद खप्तरी मगर, जुना श्रीस मगर लगायत साथीहरुको आवाजमा ।

३. शंका– अन्तमाया बाँचुन्जेल लाउदीन स्वर– प्रसाद खप्तरी मगर, विष्णु माझी, लय शब्द– राज कुमार ‘बगर’ ।

४. तिज गीत- फुलबुट्टे सारी– प्रसाद खप्तरी मगर, देवी घर्तीमगर, सन्जु थापा मगर ।

५. अरुबेला लजाउने माया– प्रसाद खप्तरी मगर, सन्जु थापा मगर
लय शब्द– प्रसाद खप्तरी मगर ।

तिज लगतै चर्चित सर्जक बसन्त थापाको लय शब्दमा देवि घर्ति र मेरो आवाजमा । ‘खुरपेटोमा आंसी’, गुल्मी भार्सेको मौलिक गीतहरुको संग्रह, मेरो आफ्नै आमासंग गाएको २ वटा मौलिक सालैजो लगायत करिब १ दर्जन बढी गीतहरु आउने तयारीमा । आधादर्जन जति अरुको गीतमा पनि आवाज भर्ने अवसर पाईसकेको छु ।

कहाँ–कहाँ पुगियो गाउन ?

हङकङ, यूके लगायतका देशहरुमा सफल सांगितीक प्रस्तुती गरी सकेको र नेपालका मेला महोत्सवहरुमा विस्तारै व्यस्त हुँदै गएको हुँ ।

भविष्य कस्तो छ ?

हुनत नेपालको हरेक क्षेत्रको भविष्य त्यस्तै छ र (केही बाहेक) संगसंगै आफ्नो क्षमताले भ्याए सम्मको फलको आस गर्ने हो क्यारे केही पाउनको लागि जुन क्षेत्रमा पनि संघर्ष निरन्तर गर्नै पर्छ, त्यो निरन्तर गर्दै छु । शायद यो क्षेत्रबाट पनि भविष्यमा सबैकुराको साथ राम्रो भए राम्रै हुन्छ जस्तो लाग्छ । जेहोस सबैको माया पाएको छु । सन्तुष्टी छु, अहिले सम्म । घरपरिवार खुशी छन् बस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %