राज्यसत्ता,

काठमाण्डौं,श्रावण ११- का दिन कतार मगर समाजले पठाएको रू २५ हजार र रूद्र थापा मगर अस्टेलियाले पठाउनु भएको रू १० हजार जम्मा ३५, हजार रूपैया उहाँको निवासमा पुगी नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नबिन रोका मगर र गोरेबहादुर खपाँगी फाउन्डेसनका अध्यक्ष हुम थापा मगरले संयुक्त रूपमा उंहाका परिवार लाई हस्तान्तरण गर्नु भयो ।
साथमा फाउन्डेसनका उपाध्यक्ष रूद्र गुर्मछान मगर,कतार मगर संघका पूर्ब अध्यक्ष तथा नेपाल मगर संघ खाँडी मुलुक बाट केन्द्रिय सदस्य छत्र घले मगर,कतार मगर संघ एरीया सदस्य स्याम आले मगर, कोरिया मगर संघका सचिब किरण मगर र नेपाल मगर संघ ललितपुर नगर समितिका सचिब सुनिल थापा मगर हुनुहुन्थ्यो ।

