देब पचभैया
पाल्पा, श्रावण ११-पाल्पाको झुम्सामा मंगलबार बिहान आएको पहिरोले ७ घर पुरिदा एक बालिकाको ज्यान गएको छ । दोभान ५ पानीमिलनिरको झुम्सामा माथि बाट आएको पहिरोले ७ घर पुरिदा तिलोत्तमा उच्च माबिको कक्षा ९ मा पढ्ने अस्मिता बिकको ज्यान गएको हो । घर भित्रै पुरिएको अवस्थामा अस्मिताको शब स्थानियको सहयोगमा प्रह
रीले निकालेको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । दलित बस्ती रहेको पानीमिल क्षेत्रमा बिहान पौने ५ बजे नै पहिरो आएपछि भागदौड मच्चिएको थियो ।
अन्य मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले झण्डै शय मिटर जति बाटो ढुंगा र माटोले पुरिएपछि सिद्धार्थ राजमार्गको बुटवल पाल्पाको बाटो अवरुद्ध भएको छ ।
स्थानिय र प्रहरीले पुरिएका घरका सरसामान निकाल्ने प्रयास गरिरहेका छन् ।
