पाल्पामा पहिरोले घर पुरिदा एकै घरका ३ सहित चार जनाको मृत्यु

Read Time:1 Minute, 42 Second

देब पचभैया

पाल्पा, श्रावण ११-अबिरल बर्षा संगै पहिरोले घर पुरिदा पाल्पामा एकै घरका तीन सहित ४ जनाको ज्यान गएको छ । पुर्बी पाल्पाको गोठाडी ५ हात्तीलुङ्ग निरको डमारमा ताम बहादुर कनौजे मगरको घर पहिरोेले पुरिदा ४५ बर्षिय ताम बहादुर , उनका श्रीमती खगीसरा र १० बर्षिया छोरी यसोधाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै मंगलबार बिहानै दोभान ५ झुम्सामा  पहिरोले ७ घर पुरिदा तिलोत्तमा उच्च माबिको कक्षा ९ मा पढ्ने अस्मिता बिकको ज्यान गएको हो ।  घर भित्रै पुरिएको अवस्थामा अस्मिताको शब स्थानियको सहयोगमा प्रहरीले निकालेको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । दलित बस्ती रहेको पानीमिल क्षेत्रमा बिहान पौने ५ बजे नै पहिरो आएपछि भागदौड मच्चिएको थियो । अन्य मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  पहिरोले झण्डै शय मिटर जति बाटो ढुंगा र माटोले पुरिएपछि सिद्धार्थ राजमार्गको बुटवल पाल्पाको बाटो अवरुद्ध भएको छ । स्थानिय र प्रहरीले पुरिएका घरका सरसामान निकाल्ने प्रयास गरिरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %