वृक्षारोपण कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 45 Second

 गोविन्द घर्ती मगर

साउन, ९  वनको संरक्षण गरेर मात्र नहुने भएकाले वनवाट आयमुलक हुने खालका कार्यक्रमहरु संचालन गर्दै सामुदायिक वनहरु वैज्ञानिक वन ब्यवस्थापनमा जान जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।

नवलपरासीको बर्दघाट–१० वनशक्ति सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन । बर्दघाट–१० वृत्तामा वृक्षारोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै वनका सरोकारवालाहरुले वैज्ञानीक वन ब्यवस्थापन नै अहिलेको आवश्यकता रहेकोले त्यस तर्फ सबैले ध्यान दिएर अघिबढ्न आग्रहर गरेका थिए ।

उनीहरुले वैज्ञानिक तरीकाले वन संरक्षण गर्न सके भावी सन्ततीहरुले त्यसको सदुपयोग गर्न पाउने र अन्यथा हामीहरुलाई धिक्कार्ने भएकाले समयमा नै सचेत हुन आग्रह गरेका थिए । राष्ट्रपति चुरेसंरक्षण कार्यक्रम अन्र्तगत वृत्ताको चुरेक्षेत्रमा पर्ने हिरउटे टांडीमा उक्त वृक्षारोपण कार्य गरीएको थियो । समुहका अध्यक्ष रामनारायण चौधरीको अध्यक्षता र नवलपरासीका सहायक जिल्ला वन अधिकृत योगेन्द्र बड्खेरको प्रमुख आतिथ्यता तथा सेक्टर वन् कार्यालय बर्दघाटका प्रमुख महेन्द्र प्रसाद जयसवालको विषेश आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

सो अवसरमा सेक्टर वन कार्यालय बर्दघाटका अधिकृत भिम प्रसाद् पौडेल, इलाका प्रहरी कार्यालय बर्दघाटका गयसराज चौधरी लगाएतको सहभागिता रहेको थियो । वृक्षारोपण गरीएका विरुवामा कदम, जामुन, खयर, टिक, खमारी, बेल, अमला, अम्रिसो, लगायतका विरुवा रहेका छन् । करिब ७ हजार ३ सय २३ हेक्टर क्षेत्रफलमा आफ्नो कार्यक्षेत्र बनाएको वनशक्ति सामुदायिक वन उपभोक्ता समुहले १ हजार १ सय ११ घरधुरीका ६ हजार ५ सय जना उपभोक्ताहरुलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको वन समुहका सचिव अविम्का लामिछानेले बताउनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %