गोविन्द घर्ती मगर
साउन, ९ – नवलपरासीको नर्सही स्थित बि ग्यापको ठोकर नम्बर १२ र १३ मा बाढीले पुर्याएको क्षती र त्यसको प्रभावका वारेमा नेपाल र भारत दुवै देशका जिल्ला स्थीत उच्च तहका कर्मचारीहरुको संयुक्त टोलीले निरिक्षण गरेको छ ।
नेपालका तर्फवाट नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र जिल्ला प्रहरी प्रमुख राजेन्द्र चौधरी सहितको टोलीले नर्सही स्थित बि ग्यापको ठोकर नम्बर १२ र १३ को निरिक्षण गरेको हो । केहिदिन अघि आएको बाढीले नर्सही स्थित बि ग्यापको ठोकर नम्बर १२ र १३ मा कटान बढ्दै गएपछि नेपालको नर्सही, पक्लिहवा गुठी प्रसौनी, गुठी सूर्यपुरा, लगायत नवलपरासीका दक्षिणी भेगका १ दर्जन भन्दा बढि गाविसका मानिसहरु त्रसित भएका छन् ।
ठोकर कटान रोक्नका लागि बनाईएको ४ सय भन्दा बढि सिमेन्टका ब्लक समेत बाढिले बगाईसकेको छ । बाढीले ब्लकहरु बगाए पछि स्थानिय प्रसासनले गाउलेहरुलाई सजग रहन सुचित समेत गरेको छ । ठोकर कटान रोक्नका लागि भारतिय सिंचाई बिभागका कर्मचारीहरुले तार जालीमा ढुङ्गा भर्नेकाम गरिरहेका छन् ।
