नेपाल आदिबासी जनजाती महासंघ यु.ए.ई ले २२ औ विश्व आदिबासी महोत्सव मनाउने

बिजय लक्ष्मी राई

दुबई-यु.ए.ई, १९ जुलाई २०१६- नेपाल आदिवासी जनजाती महासंघ यु.ए.ई ले २२ औ विश्व आदिबासी जनजाती महोत्सव मनाउने भएको छ ।

यस कार्यक्रम सम्पन्न गर्नको लागि महासंघको उपाध्याक्ष सुरेन्द्र थिङ्ग तामाङको संयोजकत्वमा २१ सदस्यीय ब्यबस्थापन समिति गठन गरि तयारी सुरु गरेको महासंघको महासचिब सुत्रमनि दुमी राई ले बताए ।

दुबईको कार्लटन टावर होटेलमा २६ अगष्ट २०१६ मा आयोजना गरिने कार्यक्रममा नेपाली राजदुताबास अबुधावीको कार्यबाहक राजदुत प्रमुख अतिथि रहने कार्यक्रममा महासंघमा आबद्द ११ वटा जातीय संस्थाहरु किराँत राई यायोक्खा ,किराँत याक्थुम चुम्लुङ्ग,शेर्पा किदुग यु.ए.ई, तमु समाज यु.ए.ई ,नेवा पुचः यु.ए.ई,प्रवासी थारु समाज यु.ए.ई ,प्रवासी भुजेल सेवा समिति यु.ए.ई,प्रवासी माझी समाज यु.ए.ई ,प्रवासी सुनुवार समाज शाखा यु.ए.ई, मगर संघ यु.ए.ई, तामाङ समाज यु.ए.ई ले आ-आफ्नो भेष भुषा प्रदर्शन,सास्कृतिक झाँकी प्रदर्शन गर्ने भएको छ यसको साथै सबै संस्थाले आ-आफ्नो खानाको परिकार पनि स्टलमा राख्ने महासंघको अध्यक्ष डेर राज गुरुङले जानकारी दिए ।

यस कार्यक्रममा यु.ए.ई मा विभिन्न व्यवसाय गरेर बस्नु भएको ब्यबसायी, यु.ए.ई मा स्थापित संघ संस्था, राजनीतिक दल तथा अन्य दाजुभाई तथा दिदीबहिनीहरुलाई यस कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाई दिन हुन् कार्यक्रम संयोजक सुरेन्द्र थिङ्ग तामाङले अनुरोध गरेका छन् ।