कोलिय बचत तथा ऋण सहकारी संस्थाको प्रथम रणनितिक योजनाको समिक्षा तथा दोश्रो रणनितिक योजना गोष्ठी सम्पन्न

Read Time:2 Minute, 23 Second

गोविन्द घर्ती मगर

साउन, ९ – कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहले प्रथम रणनितिक योजनाको समिक्षा तथा दोश्रो रणनितिक योजना निर्माण कार्यशाला गोष्ठी देवदहको ढेकावरमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षता र सल्लाहकार संयोजक तथा जिल्ला सहकारी संघका सदस्य प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले सकारात्मक सोच र भावना अनुरुप काम गर्ने हो भने लक्ष्यमा पुग्न सकिनेमा जोड दिएका थिए ।

उनीहरुले संस्था संचालन गर्नको लागि कार्ययोजना र रणनितिक योजना आवश्यक रहेको बताएका थिए । गोष्ठीको सहजीकरण गर्दै संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेले पहिलो रणनितिक योजनामा २ वटा काम वाहेक अन्य काम सम्पन्न भएको बताउनु भएको थियो । यो दोश्रो वर्षमा ११ बजार शेयर सदस्य, एम्वुलेन्स संचालन र १ अरवको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष न्यौपानेले बताउनु भयो ।

गोष्ठीमा जिल्ला सहकारी संघका सदस्य प्रकाश अर्याल, संस्थाका पुर्व उपाध्यक्ष रमा न्यौपाने, स्वास्थ्य सल्लाहकार ईश्वरी ढुगाना लगायतले बोल्दै शेयर सदस्य विस्तारको लागि सवै लाग्नु पर्नेमा जोड दिएका थिए । गोष्ठीको संस्थाका अध्यक्ष सुवकान्त न्यौपाने र व्यवस्थापक विनोद पराजुलीले सहजीकरण गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत, कोषाध्यक्ष हरी पाण्डेको धन्यवाद ज्ञापन र सचिव खेमानन्द ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %