केहर सिं थापा मगर

ललितपुर,अषाढ ८ – आज ल.पु स्थित हरिसिद्धि क्यान्सर हस्पिटलमा उपचारको क्रममा रहेका आठौं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता बक्सर इन्द्रबहादुर मगरलाई आर्थिक सहयोग हस्तारण गरीयो । सहयोग हस्तारण गर्न नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर पचभैया मगर र प्रहरी बरिष्ठ उपरीक्षक योगेश्वर रोमखामी बाट एकमुष्ट रुपमा रु. ४५,५००/– हरिसिद्धि क्यान्सर हस्पिटलमा गई हस्तारण गर्नुभयो ।

सहयोगको लागि पश्चिम पितृना हेटक्वाटर पोखराका मे.जनरल रमेश पुन मगरले १५ हजार, प्रहरी बरिष्ठ उपरीक्षक योगेश्वर रोमखामीले १५ हजार, नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर पचभैया मगरबाट १० हजार,काली प्रसाद इन्जिनियर गणका सक्कल दर्जाहरुको तर्फबाट रु.५ हजार र नेपाल मगर संघ केन्द्रीय समितिका कोषाध्यक्ष कमला थापा मगर बाट रु.५ सय आर्थिक सहयोग प्राप्त भएको थियो ।
मे.जनरल रमेश पुन मगरले पठाएको रु.१५ हजार र काली प्रसाद इन्जिनियर गणका सक्कल दर्जाहरुको तर्फबाट रु.५ हजार लिन स्वयम् अध्यक्ष थापा मगर गौचर ब्यारेक,बिहान एयरपोर्ट पुगेका थिए । उक्त रकम (मा.उ.से) मानार्थ उपसेनानी भुपालबहादुर बुढाथोकीले अध्यक्ष मगरलाइ हस्तान्तरण गर्नु भएको थियो ।
निज इन्द्रबहादुर मगरको प्रहरी सेवाको निवृत्तिभरण र उपदानको व्यवस्था अहिलेसम्म नभएको हुदां साथै नेपाल सहकार बाट पनि कुनै सहयोग पहल नभएकोले नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर पचभैया मगरले पहल गरिरहनु भएको छ ।

राना मगर वि.सं.२०५५ सालमा गोर्खा दक्षिण वाहु(चौथों) ले सम्मानित भएका उनी सन् १९९२ देखि १९९९ सम्म ११ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए र सिड्नी ओलम्पिकको छनोटमा सहभागी हुन दक्षिण कोरिया पुगेका थिए।
अहिले राना मगरको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर पचभैया मगरले जानकारी गराउनु भयो ।
