दिपा आले मगर
काठमाण्डौं,श्रावण ६- १७ औं अरुण संगीत पुस्कारबाट यस वर्ष लोक गायक कुष्ण थापामगर सम्मानीत हुनु भएको छ ।

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले बुधबार कमलादी प्रज्ञा प्रष्ठिानमा आयोजना गरेको राष्ट्रिय अरुण स्मृति कार्यक्रमबाट थापामगर लाई सम्मान सहित पुस्कृत गरेको हो ।
संघले वर्षेनी लामो समय संगीत तथा कला क्षेत्रमा योगदान पुराउदै आएको विशिष्ट मगर कलाकारलाई पुस्कृतसहित सम्मान गर्दै आएको छ । यस वर्ष लोक गायक थापामगर पर्न सफल भएको हो ।
१७ औं अरुण स्मृति सभा तथा अरुण स्मृति संगीत पुरस्कार वितरण समारोह एवं सम्मान कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संस्कृति, नागरिक पर्यटन उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले गायक एवं संगीतकार अरुण थापामगरको स्मृतिमा मगर विद्यार्थीले राष्ट्रिय कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । उहांले राष्ट्रका गहनाहरुलाई राज्यले सधैं कदर गर्ने बताउंदै अगामी दिनमा राज्यले गायक अरुणलाई सम्झने बताउनु भयो ।

कार्यक्रममा मन्त्री पोखरेलले यति बेला देश संक्रमणकालिन अवस्थामा भएको बताउंदै आफूले अरुण थापामगरको नाममा यति रकम दिने भनेर घोषणा गर्न नसकेपनि आगामी दिनमा पक्कै सहयोग गर्ने बताउनु भयो । उहांले नेपालका प्रथम सहिद लखन थापामगरको बारेमा चर्चा गर्दै शान्तिका दुध भगवान गौतम बुद्धको बारेमा सबै नेपालीले सम्मान गर्नु पर्ने धारणा राख्नु भयो ।
पोखरेलले भन्नु भयो यति बेला देश संक्रमणकालीन अवस्थामा छ सबै नेपालीले गम्भीर भएर सोच्नु पर्दछ । कार्यक्रममा पशुपन्क्षी राष्ट्र संरक्षण राज्य मन्त्री नरदेवि पुनले कार्यक्रममा बोल्दै मगर समुदायले आफ्नो भाषा, संस्कृतिलाई जोगाउदै लाग्नु पर्ने र शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि संस्कृति, नागरिक पर्यटन उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले लोक गायक कृष्ण थापामगरलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
त्यसैगरी १७ औं अरुण स्मृति कार्यक्रममा लामो समय मगर समुदायको भाषाधर्म, संस्कृति समाज योगदान पुराउने महिला आन्दोलनमा होमिएकी नेतृ बमकुमारी बुढामगरलाई संघको तर्फबाट दोसल्ला ओढाई सम्मान पत्रले विशेष सम्मान गरियो । पशुपंक्षी राष्ट्र संरक्षण राज्यमन्त्री नरदेवि पुनमगरले बुढामगरलाई विशेष सम्मान गरेको हो ।

त्यसैगरी कार्यक्रममा संगठनलाई आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने विशिष्ठ व्यक्तित्वहरु यम बहादुर बुढाथोकी, भिम श्रीष, भिम रोका, काजीमान थापामगर, दिपक सांरकोटीमगर, ओम थापामगर, पदमा आलेमगर, होम थापामगर, मिङ्गमा शेर्पा, मान बहादुर बुढामगर, सिताराम थापामगर, राम थापामगर, टांसी लाक्पा शेर्पा, लूई दालिन, शिव गुर्मछानेमगर, ऋषि रानामगर, नन्द पुनमगर, देवबहादुर राना लगायतलाई सम्मान पत्रले सम्मान गरियो । लामो समय देखि संगठनको समाचारहरु सञ्चारमाध्यममा प्रकाशित गर्दै आएका मिडियाहरु कान्तीपुर दैनिक, सगरमाथा टेलिभिजन, एविसी टेलिभिजन,काठमाडौं टुडे, मगर मिडिया,सरमाथा रेडियो नेपाल टेलिभिजन, नागरिक दैनिक लगायतलाई सम्मान गरियो ।
त्यसै गरी नेपाल सरकारका पदोन्नती हुन सफल मगर समुदकाय व्यक्तित्वहरु उपसचिवद्वय नरेन्द्र कुमार रानामगर, आनन्द सारुमगर र शाखा अधिकृत शेर बहादुर पुनमगरलाई पनि संघले सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिति आनन्दप्रसाद पोखरेल, विशेष अथिति नरदेवि पुनमगर सांस्कृति संघका अध्यक्ष अजय थापामगर, नेपाल मगर महिला संघ ललितपुरका सहसचिव दिपा थापामगर लगायतलाई संघको तर्फबाट मायाको चिनो दिएर सम्मान गरेको हो ।
संघका अध्यक्ष दिपा आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको सहजिकरण महासचिव गोम बहादुर रानामगरले गरेको थियो भने कार्यक्रमको स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष कमल थापामगरले गरेको हो भने कार्यक्रममा अरुण थापामगरको जीवनको बारेमा संगठनका सविच विशाल रानामगरले गरेको थियो । त्यसैगरी गायक अरुण र सम्मानीत व्यक्तित्व कृष्ण थापामगरको जीवनीको बारेमा संघका संस्थापक सदस्य संजोक लाफा मगरले गर्नु भएको थियो ।

१७ औं अरुण स्मृति कार्यक्रमको सम्मानीत एवं पुस्कृत व्याक्तित्व कुष्ण थापाले आफूलाई मगर विद्यार्थीले सम्झेर सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । उहांले बोल्दै गर्दा गीत गाएर दर्शकहरुलाई खुशी बनाएका थिए । अरुणको स्मृतिलाई सम्झदै नेपाल मगर सांस्कृति संघले अरुणको गीत गाएर कार्यक्रममा दर्शकहरुको मन जितेको थियो । गायककारहरु प्रसाद खप्तरीमगर, अनिल घर्तिमगर, अजय थापामगर लगायतले गाएका थिए ।
श्रावण ५ गते कै दिन गायक अरुण थापामगरको निदन भएको दिन हो । नेपाल मगर विद्यार्थी संघले २०६० सालदेखि उनको स्मृतिमा राष्ट्रिय कार्यक्रम गर्दै आएको छ । समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिपा आले संघलाई लामो समयदेखि साथ सहयोग गर्दै आउनु भएका सम्पूर्ण अग्रजहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्षहरु झकेन्द्र घर्तिमगर, भोज विक्रम बुढामगर, रेनुका काउचामगर, उपाध्यक्ष उमा थापामगर, पूर्व कोध्यक्ष सुभास आलेमगर, पूर्व संगठन सचिव दिनेश रानामगर, पूर्व केन्द्रिय सदस्य केवि रानामगर, नेपाल मगर संघका प्रचार सचिव खड्क बुढामगर, कलाकार एवं गीतकार कविता आलेमगर, कलाकार तारा थापामगर त्यसैगर नेपाल मगर विद्यार्थी संघका उपाध्यक्ष गगन पुनमगर, विदेश सचिव जिवन थापामगर, कोषाध्यक्ष कोकिल अस्थानीमगर, सदस्यहरु हिमाल घर्तिमगर, लिला थापामगर, निरज पुनमगर, निरमा श्रीस मगर, सुमना थापामगर, ईमान रानामगर, अमर रेशमी मगर लगायतको उपस्थ्तिी रहेको थियो ।
