मगर सँघ इजरायलको बार्षिक उत्सब तेलअभिबमा मनाइयो

Read Time:3 Minute, 52 Second
माया घले मगर
इजरायल,जुलार्इ २१-गत हप्ता जुलाई १५ तारिख शुक्रबारको दिन तेलअभिबको रमणीयस्थल ”सी”को नजिकै पार्कमा गत सालको भन्दा भिन्दै किसिमले बार्षिक उत्सब गरिएको थियो ।
कार्यक्रमको सभापतित्व संघको अध्यक्ष बसन्त रासकोटी मगरले गर्नु भएको थियो,भने कार्यक्रम संचालन द्वय संघको महासचिब राम थापा र सल्हाकार केशब रानाले गर्नुभएको थियो ।

कार्यक्रमको संयोजक संघको प्रथम उपाध्यक्ष बिष्णु पुनले गर्नु भएको थियो । त्यसैगरि संघको तृतीय उपाध्यक्ष लता पुनले स्वागत मन्तब्य दिदै कार्यक्रममा हुनु भएको सम्पूर्ण दाजुभाइ/दिदीबहिनीहरु लाई धन्यबाद दिदै बिश्वका जुन सुकै ठाउँमा बसोबास गरेता पनि हामीले हाम्रो मगरको पहिचान जगेर्ना गरौ भन्दै आग्रह गरिन् ।
संघको सल्हाकार नन्द राना मगरले मगरहरुको भाषा र संस्कृति भनेको नंग र मासुको सम्बन्ध हो भन्दै मन्तब्य व्यक्त गर्नु भएको थियो र संघको मन्तब्य दिनेमा संघको भूपू महासचिब माया घले मगर र दितीय उपाध्यक्ष लिला थापाले आ-आफ्नो धारणा व्यक्त गरिन् ।
प्रथम उपाध्यक्ष बिष्णु पुनले पनि बिश्वमा रहेको मगरहरु फुटेर होइन

जुटेर अगाडी बढ्नु पर्छ अनि मात्रै हाम्रो मगर समुदायको धर्म,भाषा,संस्कृति र पहिचानलाई जगेर्ना गर सकिन्छ भन्दै मन्तब्य व्यक्त गर्नु भएकि थिइन ।
 कार्यक्रममा दर्शकहरुलाई उत्सुकता झल्किने मगर गितको बोल ”सालै ज्यु” मा

पुर्णिमा पुन,चित्र सिंजाली,अनिल पुन,मन कुमारी पुन,जय पुन,कमला पुन, पुनम पुन,हरुले साह्रै राम्रो डान्स प्रस्तुति गर्नु भएको थियो ।
 

संघको बार्षिक उत्सब कार्यक्रममा उपस्थित भएको मगर दाजुभाइ/दिदीबहिनी साथै गैह्र मगरहरुको लागि स्वादिस्ट नेपाली खानाको व्यवस्था गर्नु हुनेहरु:बिष्णु पुन,तारा गर्बुजा ,सुमित्रा राना ,बिष्णु गर्बुजा ,लक्ष्मी थापा,लिला थापा,रिया पुर्जा,तारा काउछा,धनु काउछा, हरुले ब्यबस्थित गर्नु भएको थियो ।
 
संघको कोषाध्यक्ष जय पुन मगरले बार्षिकआय व्यय प्रस्तुत गर्नु भै अन्त्यमा संघको अध्यक्ष साथै कार्यक्रमको सभापति बसन्त रास्कोटी मगरबाट सम्पूर्ण कार्यक्रममा उपस्थित मगर,गैह्र मगर महानुभावहरुलाई धन्यबाद दिदै पूर्वको मेची देखि पश्चिमको महाकाली सम्म हामी मगरहरु सार्बभौम भै फैलीएका छौ आदिबासी जनजातिका जनसंख्या मध्य पहिलो जनसंख्या ओगट्ने हामी मगरहरु हौ भनी लगभग १९ लाख मगरहरुको जनसंख्या पुगी सकेका छौ तर भाषा ,धर्म,र संस्कृतिमा पछाडी परिरहेको छौ त्येसैले हाम्रो मगर समुदायको पहिचानको लागि एक बद् भै अगाडी बढ्न आग्रह गर्नु हुदै कार्यक्रम सम्पन्न गर्नु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %