गोविन्द घर्ती मगर
रूपन्देही,साउन ६- द्धन्द प्रभावित वालवालिकाहरुलाई उच्च शिक्षा सम्म निशुल्क अध्ययनको व्यवस्था गर्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले शिक्षा र सिप विना आत्मनिर्भर हुन नसक्ने भएकाले राज्यले त्यस तर्फ ध्यान दिनु पर्नेमा जोड दिएका थिए । स्थानीय शान्ति समिति देवदहको आयोजना र शान्तिका लागि सम्वाद परियोजनाद्धारा द्धन्द प्रभावित वालवालिकाहरुको शैक्षिक स्तरमा पहुच पुर्याउनको लागि शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सो अवसरमा २० जना द्धन्द प्रभावित वालवालिकालाई शैक्षिक सामाग्री तथा झोला वितरण गरिएको थियो । स्थानीय शान्ति समिति देवदहका संयोजक मोतीलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रशासकीय अधिकृत गंगा पन्थी, शान्ति समिति रुपन्देहीका सचिवालय सदस्य जानकी घिमिरे, नमुना एकिकृत विकास परिषदका सहजकर्ता ईन्द्रा चौधरी, नेपाली काग्रेसका रुद्रप्रसाद पराजुली, नेकपा एमालेका खैराज शर्मा, शिव पाठक, गणेशकुमार खाती लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
स्थानीय शान्ति समितिका सचिव मेघराज पौडेलको संचालनमा भएको कार्यक्रममा भगवती गैरेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
