होटल मिनुमा एउटा रेट, लिने अर्कै
देब पचभैया
पाल्पा, श्रावण ४ – सिद्धार्थ राजमार्ग आसपासका क्षेत्रका होटल एबं पसलहरुमा म्याद गुज्रिएका खानेकुरा बिक्रि भैरहेको पाईएको छ ।
राजमार्ग अन्र्तगत राम्दी, अगाहाखोला क्षेत्रका सडक छेउका पसलहरुमा जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा कुरकुरे, लेज, बिस्कुट लगाएतका खानेकुरा म्याद गुज्रिएपनि बिक्रि भैरहेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी धु्रब कुवरले जानकारी दिनुभयो ।
कुवरका अनुसार होटलका मिनुमा एउटा र लिने रेट फरक पाईएको छ ।
सुर्ति जन्य पर्दाथमा स्वास्थ्यका लागी हानिकारक चिन्ह नभएको,पिठो लगाएतका खाद्यान्नमा किरा परेको भएपनि प्रयोग भैरहेको लगाएतका समस्या भेटिएका छन् । अनुगमन पछि सुर्ती जन्य पदार्थ नियन्त्रण ऐन २०६८ को बारेमा पसल संञ्चलकहरुलाई जानकारी गराएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख डाक्टर उमा शंकर प्रसाद चौधरीले जानकारी दिनुभयो ।
