होटल हेरितेजको सुभारम्भ

Read Time:2 Minute, 29 Second

गोविन्द घर्ती मगर

 साउन, १ – रुपन्देहीको देवदहमा सुविधा सम्पन्न होटल हेरितेजको सुभारम्भ भएको छ । होटलको एक कार्यक्रमका वीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै अधिकारी ढकालले होटल व्यवसायको माध्यमबाट पर्यटकीय क्षेत्रको विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाले होटल व्यवसायीहरुले पैसा कमाउने मात्र ध्यान नदिएर सिंगो समाजको विकासको लागि समेत लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले लुम्विनीको विकासको लागि देवदह क्षेत्रको विकास आवश्यक रहेकोमा जोड दिनु भयो । लुम्विनीमा आउने पर्यटकलाई देवदह क्षेत्रमा ल्याउन बुद्ध संग सम्वन्धीत स्थानहरुको विकास गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाले देवदह क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण भएकोले बौद्ध विश्वविद्यालय देवदहमा स्थापना गर्न लागिएको बताउनु हुदै बौद्ध विश्वविद्यालयको लागि नापी र मालपोतले काम शुरु गरिसकेको बताउनु भयो । देवदहमा बौद्ध विश्व विद्यालय स्थापनाको लागि जग्गा अधिकरण गर्न लुम्विनी विकास कोष संग छलफल भईरहेको बताउनु भयो । उहाले स्वदेशी वस्तुको प्रयोगले मात्र आत्मनिर्भर बन्न सक्नेमा जोड दिनु भयो ।

होटल संचालक टंकप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही होटल व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतम, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य धु्रव खरेल, डिम« देवदहका अध्यक्ष सिद्धिचरण भट्टराई, उद्योग बाणिज्य संघका महासचिव प्रमोद खनाल, उद्योग व्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठड्राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %