शिक्षक प्रशिक्षण तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन

Read Time:2 Minute, 15 Second

गोविन्द घर्ती मगर

 साउन,१ -रुपन्देहीको देवदहमा शिक्षक प्रशिक्षण तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन भएको छ । पुर्वी क्षेत्र नीजि विद्यालय ईप्सा रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । ईप्सा रुपन्देहीका अध्यक्ष एकनारायण काप्लेको अध्यक्षता र जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन भएको हो ।

सो अवसरमा बोल्दै जिल्ला शिक्ष अधिकारी थापाले शिक्षण सिकाई  वालमैत्री हुनु पर्नेमा जोड दिनु भयो । उहाले शिक्षकहरुको लागि बेलाबेलामा हुने यस्ता खाले प्रशिक्षणले शिक्षण पद्दतीमा टेवा पुग्ने बताउनु भयो । थापाले उच्च शिक्षको लागि विद्यार्थीहरु लगनशिल भएर लाग्नु पर्नेमा जोड दिदै विद्यार्थीहरु नैतिकवान हुनु पर्ने बताउनु भयो । ईप्सा रुपन्देहीमा आवद्ध ११ विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको प्रशिक्षणको विसिएल माईन टेकका प्रवन्धक हिमाल ओझाले सहजीकरण गर्नु भएको थियो ।

सोही अवसरमा ईप्सामा आवद्ध विद्यालयबाट प्रवेशीका परिक्षामा ३.६ जिपिए ल्याउने १२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रशिक्षक हिमाल ओझा, पत्रकार त्रिलोचन दहाल, राधीका भूषाल, केशव खनाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । उपाध्यक्ष बोधराज गौडेलको स्वागत, कार्यक्रम संयोजक कृष्णप्रसाद गैरेको धन्यवाद ज्ञापन र सचिव रामबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %