गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारमा पाल्पा प्रथम स्थानमा

Read Time:5 Minute, 28 Second

देब पचभैया

पाल्पा, असार २८ -देशभरका १८ हजार सामुदायिक वनलाई पछाडि पार्दै पश्चिम पाल्पाको अमलावास लेकसल्लेरी सामुदायिक वन उपभोक्ता समुह, छहरा – ५ पाल्पाले नेपालको सामुदायिक वन तर्फको हाल सम्मकै सबैभन्दा ठूलो पुरस्कार गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारको प्रथम स्थान हात पार्न सफल भएको छ । वन विभाग द्धारा जिल्ला विकास समिति काठमाण्डौंको सभाहलमा आयोजित एक समारोहका बिच रु.एक लाख धनराशीको सो पुरस्कार र प्रमाणपत्र वन तथा भू–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले सामुदायिक वनका अध्यक्ष माधव प्रसाद घिमिरेलाई हस्तान्तरण गरेको थियो ।

वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत वन विभाग, सामुदायिक वन महाशाखाले देशभरबाट वन, वातावरण र जैविक विविधता संरक्षण, वन विकास तथा व्यवस्थापन कार्यमा उत्कृष्ट कर्य गर्ने सामुदायिक वनलाई सुचकाङकबाट प्राप्त प्राप्ताङकको आधारमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट प्रत्येक वर्ष कदर पत्र सहित पुरस्कृत गर्ने कार्यक्रम अन्तर्गत यस चालु आ.व.मा देशभरबाट पाल्पा जिल्लाको अमलाबास लेकसल्लेरी सामुदायिक वन पुरस्कारको लागि छनौट भएको सेक्टर वन कार्यालय पाल्पाका रेञ्जर यसलाल पोखरेलले जानकारी गराएका थिए ।

माटो, भुगोल र हावापानीले साथ नदिएको नाङ्गो जर्जर भूमिलाई हरियालीमा परिणत गरेर दुुई दशकको अवधीमै यस सामुदायिक वनले उत्कृष्ट कार्य गरेको जिल्ला वन कार्यालय पाल्पाको ठहर छ । समुदाय स्तरमा सामुदायिक वनले नेपालमै नमुना जडिबुटी प्रर्दशनी प्लट स्थापना र संचालन, सामुदायिक नर्सरी संचालन गरी पश्चिम पाल्पालाई जिविकोपार्जन सहितको हरियाली प्रवर्द्धन गर्ने कार्यक्रममा टेवा पु¥याएको, हर्रो, बर्रो, अमला, रिठा, लौठसल्ला, चिराईतो जस्ता जडिबुटीका व्यवसायिक प्लटहरु स्थापना गरी सामुदायिक समृद्धि तर्फ अगाडी बढेकोले उत्कृष्टताको आधारमा पुरस्कारको लागि जिल्ला वन कार्यालय पाल्पाबाट सिफारिस गरिएको जिल्ला वन अधिकृत दधिलाल कंडेलले बताए ।

पुरस्कार वितरण समारोहमा बोल्दै वन तथा भू–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले सामुदायिक वनले गरेको उत्कृष्ट क्रियाकलापहरुको स¥हाना गर्दै देशभरमा उत्कृष्ट भएकोमा सामुदायिक वन उपभोक्ता समुहलाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा वन तथा भू संरक्षण मन्त्रालयका निमित्त सचिव रेशम बहादुर डाँगी, वन विभागका महानिर्देशक गौरीशंकर तिमला, सामुदायिक वन महासंघका राष्ट्रिय महासचिव भारती पाठक लगायतले बधाई तथा सुभकामना मन्तव्य व्यक्त गरेका थिए । पुरस्कार ग्रहण गर्दैै पुरस्कृत सामुदायिक वनका अध्यक्ष माधव प्रसाद घिमिरेले देशभरबाट आफ्नो समूहलाई देशकै सामुदायिक वन तर्फको सबैभन्दा ठूलो पुरस्कारको लागि छनौट गरिएकोमा खुसी व्यक्त गर्दै वन वातावरण र जैविक विविधता संरक्षणको अभियानलाई अगाडि बढाउन र समृद्धीका लागि वन भन्ने नेपाल  सरकारको नितिलाई सार्थक बनाउन आफूहरुलाई थप चुनौती थपिएको भन्दै संरक्षणको अभियानमा निरन्तर लागिरहने बताए ।

पुरस्कृत समुहलाई हौसला प्रदान गर्न जिल्ला वन अधिकृत सहित कर्मचारीहरुको टोली समेत काठमाण्डौं पुगेका थिए । पाल्पा जिल्लामा हाल सम्म प्राप्त नगरेको उक्त पुरस्कार अमलाबास लेकसल्लेरी सामुदायिक वन उपभोक्ता समुहले प्राप्त गरेको र यसबाट जिल्लाको गरिमा उच्च भएको भन्दै सामुदायिक वनको वन संरक्षण, व्यवस्थापन र जडिबुटी विकासको अभियानलाई निरन्तर सहयोग गरिरहने जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %