देब पचभैया
पाल्पा, असार २७ –ताहु ९ धोवादी पाल्पामा सोमबार बिहान जन्तीबोकेको बस र जिप आपसमा ठक्कर खादा ८ जना घाईते भएको छ । घाईते मध्ये दुई को अवस्था गंभिर छ । घाईतेहरुको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।
तानसेनबाट रामपुरका लागि छुटेको लु १ ख ७९९४ नम्बरको जन्ती बोकेको बस र फोक्सिङ्कोटबाट तानसेन आउदै गरेको लु १ ज १७७७ नम्बरको जीप एक आपसमा ठोक्किदा आठ जना जीपमा सवार यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा जीपका चालक फोक्सिङ्कोट–१, का २५ वर्षिय चन्द्रबहादुर सिंजाली र सोही स्थानकै जीप धनी ४० वर्षका चेतबहादुर सुनारी गम्भीर रहेको अस्पतालले जनाएको छ ।
जिपमा सवार फोक्सिङ्कोट–१, का ५२ बर्षिय खुमबहादुर सिंजाली, सोही स्थानका कोशलबहादुर फालमगर, १८ बर्षिया लक्ष्मी गाहा, ५० बर्षिया छवीसरा फाल, पाल्पा हुंगी ८ का ४२ बर्षिय जग बहादुर बिक र हुगी ९ का ५१ बर्षिय तुल बहादुर पुन घाईते भएको
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमूख प्रवीन आचार्यले जानकारी दिनुभयो ।
जन्ती बोकेको बसका यात्रु भने सकुसल छन् । घुम्तीमा दुबै सवारीको अत्याधिक गतिका कारणले जीप र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको आचार्यले जानकारी दिनुभयो ।
