स्थानीय नागरिक संवाद मञ्चका सदस्यहरूका लागि संविधान कार्यान्वयन र द्वन्द्व व्यवस्थापनसम्बन्धी प्रशिक्षण

Read Time:1 Minute, 40 Second

रूद्र श्रीसमगर

पोखरा, २५ असार – नेपाल कानून समाज र इन्टरनेशनल आइडियाको सहयोगमा नागरिक संवाद केन्द्रको आयोजनामा स्थानीय नागरिक संवाद मञ्चका सदस्यहरूका लागि संविधान कार्यान्वयन र द्वन्द्व व्यवस्थापनसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

नयाँ संविधान कार्यान्वयन र संविधान कार्यान्वयनका सन्दर्भमा देखा पर्ने सम्भावित द्वन्द्व व्यवस्थापनका बारेमा नागरिक संवाद केन्द्रले चौध वटै अञ्चलमा फोरम सञ्चालन गरिरहेको छ । फोरममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, निर्वाचन कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख, महिला तथा बालबालिका कार्यालयका प्रमुख, आदिवासी जनजाति, दलित, महिला, तेस्रो लिंगी, पत्रकारसँग केन्द्रले छलफल चलाएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा नागरिक संवाद केन्द्रका शारदा पोखरेल र रजनी महर्जनले द्वन्द्व र द्वन्द्वको व्यवस्थापनका उपायका बारेमा सहजीकरण गर्नुभएको थियो ।

सो अवसरमा नागरिक संवाद केन्द्र, गण्डकी अञ्चल प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %